एमसीसीका उपाध्यक्षलाई कालोझण्डा !

२०८० भाद्र १२ गते, मंगलवार

काठमाडौं – नेपाल कम्युनिस्ट पर्टाीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्षलाई कालो झण्डा देखाएको छ । अमेरिकाबाट नेपाल आएका एमसीसीका उपाध्यक्ष अल्बर्ड क्यामरुनलाई नेकपा उपत्यका व्युरो र संयुक्ता जबस मोर्चाले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल बाहिर कालोझण्डा देखाएका हुन् । हुने एमसीसी कार्यान्यन सम्झौतामा हस्ताक्षर गर्न उपाध्यक्ष क्यामरुन आज दिउसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । एपोर्टबाट बासस्थान जाने क्रममा नेकपाले कालो भण्डा देखाएको हो ।
नेपाल कम्युनिस्ट पार्टीले एमसीसी फिर्ता हुनुपर्ने भन्दै विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । सोमबार मात्रै नेकपाले बृहत अन्तरक्रिया गरेर यसलाई स्वीकार्न नसकिने सन्देश दिएको थियो भने आज एमसीसी प्रभावित क्षेत्रमा अन्तरक्रिया गरेको थियो । विरोध स्वरुप कालोभण्डा देखाउने क्रममा नेकपा निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्र सी र बागमती प्रदेश संयोजक अटल सीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरिय प्रहरी बृत्त गौसालामा राखिएको बुझिएको छ । -शोभराज बराल

प्रतिक्रियाहरु

[anycomment]