‘नेपालमा एमसीसी लागू हुन सक्दैन’
![](https://janakhabar.com/wp-content/uploads/2023/05/bipla.jpg)
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले एमसीसी नेपालमा लागू हुन नसक्ने ठोकुवा गरेका छन। उनले बुधबार साँझ एक सञ्चारमाध्यमसँगकाे कुराकानीमा सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले नेपालमा कुनै पनि हालतमा एमसीसी कार्यान्वयन हुन नसक्ने र एमसीसीले किनेको जमिनमा सुकुम्वासी तथा वाढी पीडितहरुलाई बसाल्ने चेतावनी समेत दिए । उनले अमेरिकी साम्राज्यवादको ५० अर्बमा नेपाल दास हुन नसक्ने बताउदै भने- “५० अर्बमा देशलाई सौदावाजी गर्न मिल्दैन । देश र जनतामाथि घात गर्न मिल्दैन । नेपालका दलालहरुका विदेशमा लुकाएको एक जनाकै पैसा ५० अर्ब होला । नेपालको लुकाएको सम्पति खोज्नुपर्छ । नेपालमाथि गिद्धेनजर लगाउने योजनामा आएको पैसा लिनु हुँदैन ।”
उनले नेपाल पैसाको गरिब देश नभएको भन्दै केही दलालहरुको गरिब र दरिद्र मानसिकता मात्र भएको दाबी गरे ।
महासचिव विप्लवले नेपाललाई सिक्कीम बनाउन खोज्ने केही लेण्डुप दोर्जेहरु जन्मिएको बताउदै उनीहरुलाई जनताले समयमै चिन्नुपर्ने बताए ।
उनले एमसीसी नेपाली जनताले कुनै पनि हालतमा स्वीकार नगरेको दाेहाेर्याए ।
उनले भने, “एमसीसीलाई नेपाली जनताको बीचमा निर्णय गर्न दिनुपर्थ्याे । दलालहरुको हिम्मत भए एमसीसी ठिक वा बेठिक भन्नेबारे जनमत संग्रह गर्नु पर्थ्याे । केही संसदमा भएका दलालहरुले मात्र निर्णय गरेर जनताले मान्दैनन् । यो नेपालमा लागु हुन सक्दैन ।”
महासचिव विप्लवले सुरुसुरुमा विरोध गर्ने नेपालका नेताहरुपछि रातारात एमसीसीको पक्षमा बाेल्दा आफू अच्चमित भएको र नेपाली जनताले उनीहरुलाई राम्रोसँग चिनेको बताए ।