‘राष्ट्रिय स्वाधीनताको आन्दोलन जरुरी’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी केन्द्रिय स्कुल विभाग इन्चार्ज भरत सी रणवीर´ले राष्ट्रिय स्वाधीनताको आन्दोलन जरुरी भएको ठोकुवा गरेका छन। नेपाल कम्युनिस्ट पार्टी दखिन पूर्व मकवानपुरद्वारा बिहीबार आयोजित
राष्ट्रघाती एमसीसी खारेजी विषयक´ अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
नेता भरत सीले एमसीसीमार्फत अमेरिकाले युद्द निर्यात गर्न खोजिरहेकोले अब नेपालका देशभक्तहरुले पुनर्जागरण आन्दोलन सञ्चालन गर्नुपर्ने बेला आएको बताए । उन्ले विश्वको शक्ति सन्तुलनमा आएको फेरबदल र अमेरिकी अर्थ व्यवस्थाको आन्तरिक जीवनमा मडारिएको संकटलाई टार्न र उदियमान चीनको प्रभाव र लोकप्रीयतालाई रोक्ने उदेश्यले अमेरिकाले नेपाललाई युद्दस्थल बनाउन खोजेको ठोकुवा गर्दै भने,- “शीतयुद्धको अन्त्यपछि अमेरिका केहि समयसम्म एकछत्र जस्तो देखिएपनि अहिले चीन विश्वमा शक्तिशाली बन्दै गएको छ, अमेरिकी एकाधिकारलाई चुनौती दिन सक्ने गरि अगाडि आएको छ, चीनको फैलिदो प्रभावलाई रोक्न नेपालमा एमसीसी आएको हो तर उसले बाह्य आवरणमा नेपालमा विकास गर्ने, गरिबी हटाउने, रोजगारी सिर्जना गर्ने र नेपालको विद्युत निर्यातमा आवश्यक पूर्वाधार बनाउने कुरा गरिरहेको छ। यो बहाना मात्रै हो । शुरूवातमा काङ्ग्रेस -एमालेहरु समेत एमसीसी विरुद्ध देखिन्थे तर पछि अमेरिकाले दबाब ,धम्की र आश्वासन दिएपछि नेताहरू लत्रिए” उनले भने,-” प्रचण्डलाई त हेग पुर्याउने धम्की दिए भने अरु नेताहरुलाई एकातिर दबाब र धम्की दिए भने अर्कोतिर आश्वासन , लालच र कुर्सीको प्रलोभन देखाएपछि नेपालमा एमसीसी पास गरियो ।”
नेता भरत सीले नेपाललाई विश्वशक्ति र विश्वयुद्दको क्रिडास्थल बनाउनका लागि एमसीसी पास गरिएको भएपनि नेपालको संसदले समेत व्याख्यात्मक घोषणा गर्नु नै एमसीसी देशको दीर्घकालीन हितका लागि खतरा छ भन्ने कुराको स्विकारोक्ति हो ,त्यसैले अब संसदले रातारात पास गरेको १२ बुँदे व्याख्यात्मक घोषणा समेत लागु हुनुपर्ने बताए ।
एमसीसीले नेपाली जनमतलाई विभाजित गरेर राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास गरेको, देश नवऔपनिवेशिक उत्पीडनमा फसेको बेला एकीकृत समाजवादी पार्टीले एमसीसीबारे अनुगमन समिति बनाएर राम्रो काम गरेको र अब समाजवादी मोर्चा, अन्य पार्टी र देशभक्त शक्तिहरुले समेत अनुगमन समिति बनाउनु पर्ने र २/४ जना नेता र मन्त्रीले देश विरुद्ध दलाली एवम् गद्दारी गरेको भएपनि आमनागरिक देशभक्त भएकोले राष्ट्रिय स्वाधीनताको आन्दोलन जरुरी रहेको बताए ।
उनले कम्युनिस्ट, समाजवादी आन्दोलन र हसिया /हतौडा अंकित झण्डा विरुद्ध अमेरिकाले नै ओसामा विन लादेनलाई पालितपोषित गरेको र पछि विन लादेनले नै ११ सेप्टेम्बरमा अमेरिकाको जुम्ल्याहा भवनमाथि हमला गरेको स्मरण गरे ।
एक फरक प्रसङ्गमा संकेत गर्दै अमेरिका र युरोपका देशहरू नेपाल जस्ता गरिब, विपन्न र पछि पारिएका तेस्रो विश्वका देशहरूको साधन, श्रोत र सम्पदाको शोषण गरेर धनी भएको समेत उनको भनाइ थियो ।
नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित अन्तर्कृयामा साहित्यकार तथा स्वतन्त्र बुद्धिजीवी पुरुषोत्तम आचार्यले जंगलमा आगलागी हुँदा चराको चुच्चोले पानी निभाएको कथा भन्दै एमसीसी विरुद्ध सबै एक भएर उठ्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमका वक्ता बिष्णु दाहालले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा अनुगमन समिति बनाएको जानकारी गराउँदै १२ बुँदे ब्याख्यात्मक घोषणा लागु गर्नुपर्ने र एमसीसी इस्ट ईन्डिया कम्पनी जस्तै भएकोले नागरिकहरु सतर्क हुँदै नेकपाको आन्दोलनमा एक्येवद्धता रहेको बताए। भने नेकपा मालेका नेता हरिकृष्ण अधिकारीले जनताले आ-आफ्नो घरमा भएको हतियार निकालेर लड्नुपर्ने बेला आएको विचार राखेका थिए भने अर्का वक्ता एवम् ऋषि कट्टेल नेतृत्वको नेकपाका नेता माननाथ तिमिल्सिनाले सबै देशभक्तहरु एक हुनुपर्ने विचार राखेका थिए।
नागरिक उन्मुक्ति पार्टीका नेता विकास लामाले कुर्सीको स्वार्थमा एमसीसी पास गरेपनि एमसीसी विरोधी जनआवाज नसुने युद्ध हुने चेतावनी दिएका थिए।
त्यस्तै कार्यक्रममा लेखक तथा स्वतन्त्र व्यक्ति कमलचन्द्र सुमनले एमसीसी नेपाललाई झन गरिब बनाउन क्रियाशील भएकोले विरोध गर्नुपरेको बताउदै विद्युत स्टेशनका प्रभावित जनताको आवाज सुन्नुपर्ने धारणा राखेका थिए ।
मकवानपुर सितलटारको प्रभावित क्षेत्रका स्थानीय अगुवा दिलबहादुर थिङले आफुहरुको उठिबास लाउने एमसीसी कुनै हालतमा आउन र काम गर्ने नदिने बताए ।
नेकपा मकवानपुर इन्चार्ज वाटर सीको अध्यक्षतामा भएको कार्यक्रममा सुर्य सीले मन्तव्यद्वारा स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन विवेक सीले गरेका थिए भने अन्तर्कृयामा नेकपा पोलिट ब्युरो सदस्य तथा पुर्वी नारायणी ब्युरो इन्चार्ज एटम सीले कार्यक्रमको औचित्य, देशको परिस्थिति र आजको आवश्यकताबारे प्रारम्भमा विषयवस्तु प्रस्तुत गरेका थिए ।