समाजवादी प्रणाली अपरिहार्य
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी केन्द्रिय स्कुल बिभाग इन्चार्ज भरत सी (रणवीर)ले नेपालमा समाजवादी प्रणाली अपरिहार्य भएको बताएका छन। नेकपा मध्य चितवनद्वारा आयोजित ‘वर्तमान परिस्थिति र नेपाली बिशेषताको समाजवाद’ बिषयक अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
नेता भरत सीले नेपालको इतिहास सामुहिकता र साम्यवादी परम्परामा आधारित रहेको , अहिले पुँजीले मान्छे र बजारले राज्यमाथी शासन गरिरहेको , आजको बिश्वमा धनी र गरिबविचको दुरी बढ्दै गएको तथा सन १९९० पछि सोभिसङ्घ्को विघटन सङ्गै उदाएको एकध्रुविय अमेरिकी व्यवस्था अस्तित्वमा आएपनि युक्रेन युद्दसम्म आउँदा अब एक ध्रुबिय प्रणाली सकिएर बहुध्रविय प्रणाली अगाडि आएकोले यसले समाजवादी प्रणाली झन अपरिहार्य बन्दै गएको बताए ।
उनले नेपालमा विद्यमान पुरानो व्यवस्था र संसदीय प्रणालीले नागरिकका समस्याहरुको न्युनतम सम्बोधन गर्ने सामर्थ्य समेत गुमाएकोले नेपाली बिशेषताको समाजवाद आबश्यक परेको बताए ।
नेता भरत सीले नेपालमा रहेको संसदीय प्रणाली बिगत ७ दसकयता निरन्तर प्रयोगमा रहेको भएपनि देशको समृद्धि र बिकासको सवाललाई अगाडि बढाउन नसकेपछि अब प्रणालीगत र संरचनागत रुपमै परिवर्तन जरुरी रहेको उल्लेख गर्दै भने- ‘पुरानो व्यवस्था असफल साबित भैसक्यो,देशका सबै आर्थिक-सामाजिक सुचक र तथ्यहरुले त्यही पुष्टी गर्छ्न,आर्थिक दृष्टिले गरिबी , बेरोजगारी , महङ्गी, युवाहरूको डरलाग्दो बिदेश पलायनता, बढ्दो प्रतिव्यक्ति सार्वजनिक रिणभार , भ्रस्टाचार , नेता , शासक र राजनीतिक दलहरूप्रतिको अबिश्वास , राष्ट्रिय स्वाधीनतामाथीको बाह्य हस्तक्षेपले देश पहिलेभन्दा नेगेटिभ दिशातिर बढिरहेको प्रस्टै छ।’
नेता भरत सीले नेपाली बिशेषता सहितको समाजवादको दिशामा अगाडि जाने भनेर समाजवादी मोर्चा बनाएको भएपनि यसको चरीत्र के हुन्छ, यो कसरी आउछ भन्नेबारे बृहत बहस गर्नुपर्ने भन्दै आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टीले बिज्ञान– प्रबिधिको पछिल्लो बिकासलाई आधार बनाउदै,सामुहिक र नीजी स्वामित्वसहितको एकीकृत अर्थप्रणाली र एकीकृत निर्वाचन प्रणाली सहितको नेपाली बिशेषताको समाजवादको एजेन्डा प्रस्तुत गरेको बताउदै भने ‘एमसीसी नेपालमा आइसकेपछि अब नेपाली जनता र रास्ट्रको प्रमुख चुनौती एवम् अन्तरबिरोध अमेरिकी साम्राज्यवादसङ्ग भएकोले देशको स्वाधीनता र सार्वभौम सत्ताको सुरक्षा चाहने देशभक्त शक्तिहरुको एकता र मोर्चाबन्दी मुलुकको विद्यमान आबश्यकता भएको छ। ‘