‘साम्राज्यवादविरुद्ध लड्नुको बिकल्प छैन ‘

२०८० आश्विन ६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवाद विरुद्ध लड्नुको बिकल्प नभएको बताएका छन। सो पार्टीको संयुक्त ब्यूरो (राप्ती, पश्चिम् लुम्बिनी र पुर्बी लुम्बिनी )को शुक्रबार कपिलवस्तुको शिवगढीमा आयोजित राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले नेपालका कम्युनिस्टहरु सिध्याउन साम्राज्यवादले धार्मिक तथा राजनीतिक हस्तक्षेप बढाएको ठोकुवा गर्दै अमेरिकाको यस्तो कुटिल चाल जनतालाई बुझाउँदै साम्राज्यवाद विरुद्ध लड्नु पर्ने बताए ।
उनले नेपालमा अन्तरविरोध नयाँ ढङ्गले उत्पन्न भएको उल्लेख गर्दै एमसीसीद्वारा अमेरिकी हस्तक्षेप बढेपछि साम्राज्यवादसँगको अन्तरविरोध मुख्य बनेको बताएका हुन् । उनले भने,’हिजोसम्म दलाल पुजीवादी अन्तरविरोध मुख्य थियो भने आज अमेरिकी साम्राज्यवादसँगको अन्तरविरोध मुख्य बनेको छ ।’


महासचिव विप्लव सीले संसदीय व्यवस्था छोडेर नेपाली विशेषताको समाजवादका लागी कम्युनिस्टहरु बिचको समाजवादी मोर्चा बनेको उल्लेख गर्दै नेपाली विशेषताको समाजवादी व्यवस्थाका लागि कम्युनिस्ट मात्रै नभएर जोसुकै शक्तिसँग पनि मोर्चा हुन सक्ने बताए ।
त्यसैगरी महासचिव विप्लव सीले १० वर्षे जनयुद्धलाई अपराधीकरण गराउन केहि शक्ति लागिपरेको बताउदै माओवादीहरुलाई सिध्याउने प्रपन्च भैरहेको समेत बताए । उनले माओवादलाई जोगाउन अब माओवादी घटकहरु एक हुनु पर्नेसमेत बताए ।
उक्त राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा सो पार्टीका स्थायी समिति सदस्य विषम सी र भरत सीद्वारा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र समसामयिक विषयमा प्रष्ट्याएका थिए ।
ने.क.पा.को केन्द्रिय कार्यलय कपिलवस्तुमा भएको उक्त प्रशिक्षण कार्यक्रममा नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथिहरु नेकपा स्थायी कमिटी सदस्य विषम सी र भरत सीको आतिथ्यता रहेको थियो ।


त्यसैगरी पोलिट ब्युरो सदस्यहरु विजय सी, असल सी, बन्धु सी, पोलिट ब्युरो सदस्य तथा मधेसी मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष विनोद सी, केन्द्रिय सल्लाहकार सुन्दर सी र जित बहादुर सी, केन्द्रिय सदस्यहरु सुन्दर सी र शोभा सी अतिथि रहेका थिए ।
कार्यक्रमको सभापति पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी रहेका थिए भने कार्यक्रमलाई राप्ती ब्युरो इन्चार्ज सविन सीले संचालन गरेका थिए । प्रशिक्षणमा उपस्थित पार्टी कार्यकर्ताहरुलाई पोलिट ब्युरो सदस्य सन्जीव सीले मन्तव्यद्वारा स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा पश्चिम लुम्बिनी ब्युरो सामना परिवारले जनवादी गीत संगीतहरु प्रस्तुत गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

प्राकृतिक विपदवाट बचौं र बचाऔं

२०८२ आश्विन १९ गते, आईतवार

आइतबार र सोमबार बिदा !

२०८२ आश्विन १८ गते, शनिबार