एमसीसी आइपिएसकाे अङ्ग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले एमसीसी आइपिएसकाे अङ्ग भएकोले खारेज गर्नुको बिकल्प नभएको बताएका छन। शुक्रबार म्याग्दीको सदरमुकाम बेनी बजारमा भएको एमसीसी परियाेजना र राष्ट्रिय स्वाधीनताकाे प्रश्न’ विषयक अन्तरक्रियात्मक गाेष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उनलेे साे कुरा बताएका हुन् ।
नेता अनिल सीले देशको वर्तमान संकट समाधान गर्न सबै देशभक्तहरुकाे साझा माेर्चा अपरिहार्य भएको ठोकुवा गर्दै त्यसको निम्ति नेकपाले पहल गरिरहेकाे बताए ।
उक्त कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा धाैलागिरी ब्युरो इन्चार्ज विकिरण सी, नेकपा एमालेका जिल्ला अध्यक्ष देवेन्द्र केसी, नेकपा(माओवादी केन्द्र) का सचिव ज्ञानेन्द्र सुवेदी, राजमाेका छवि विश्वकर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका निशान बहादुर पुन, नागरिक समाजका अगुवा तथा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ, बार एशाेसियसन म्याग्दी जिल्लाका शाखा अध्यक्ष सागरजीवि उपाध्याय, नेपाल पत्रकार महासंघ जिल्ला शाखा उपाध्यक्ष हरिकृष्ण गाैतमले आ-आफ्नाे धारणा राखेका थिए ।
नेकपा केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज उषा सीकाे अध्यक्षतामा भएको कार्यक्रममा गाेमा सील् स्वागत मन्तव्य र उद्घाेषण अविरल सीले गरेका थिए भने गाेपाल पाैडेल, विवेक कुमार विश्वकर्मा, फिल्टर सीलगायतले अन्तरक्रियामा भाग लिएका थिए ।