राष्ट्रघाती एमसीसीविरुद्धको सङघर्षलाई ओझेलमा पार्ने षड्यन्त्र

२०८० आश्विन २१ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले राष्ट्रघाती एमसीसी विरुद्धको सङघर्षलाई ओझेलमा पार्ने षड्यन्त्र भइरहेको ठोकुवा गरेका छन। शनिबार भैरहवाको गार्गीपथमा रहेको लुम्बिनी निमार्ण व्यवसायी संघको सभाकक्षमा भएको ‘एमसीसी र राष्ट्रियता’ विचार गोष्ठिमा उनले कार्यपत्र प्रस्तुत गर्दै सो ठोकुवा गरेका हुन् ।
नेता अनिल सीले एमसीसी परियोजना झमेलामा फसिरेहेको र त्यसका विरुद्धको सङघर्ष बढदै गएको समयमा नेपाली जनतालाई निरास बनाउने, धार्मिक र जातिय द्वन्द्वमा नेपाली जनतालाई अल्झाएर राष्ट्रघाती एमसीसी विरुद्धको सङघर्षलाई ओझेलमा पार्ने षड्यन्त्र भइरहेको बताए ।
सोही कार्यक्रममा नेकपाका पिबिएम तथा लुम्बिनी ब्यूरो इन्चार्ज बसन्त सीले उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले सन् १८१४ देखि १८१६ को नेपाल अंग्रेज युद्धको प्रसङगमा अंग्रेज कमाण्डर जनरल जिलेस्पीको सेनालाई धूलो चटाएको स्मरण गरे ।
उनले जातिय सद्भाव भड्काएर भैरवा बुटवल आसपासका जनतालाई कर्तव्य विमुख बनाउन नसक्ने दाबी गरे । उनले जातिय धार्मिक एकता कायम गरेर साम्राज्यवादी हस्तक्षेपका विरुद्ध पनि लड्न अपिल गरे ।
कार्यक्रममा मधेशीमुलका भूइमान्छेहरुको मुख्य सहभागिता देखिन्थ्यो भने महिलाहरुको पनि उल्लेखिय सहभागिता थियो ।
सो कार्यक्रममा नेकपाका अर्का पिबिएम विनोद उपाध्याय, नेकपा एसका केन्द्रीय सदस्य लालबाबु यादव, एकता राष्ट्रिय अभियान राधेश्याम गुप्ता, राजमोका अध्यक्ष हिरालाल धामी, सक्षम साहारा बहुउद्देश्यकी अध्यक्ष शान्ता कँडेल लगायतले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।
रुपन्देही जिल्ला इन्चार्ज विश्वास सीको अध्यक्षता र नवीन सीको सहजीकरणमा भएको उक्त कार्यक्रममा उषा पाठकले स्वागत मन्तव्य राखेकी थिइन् ।

अवधी भाषी जनसहभागिताप्रति ध्यान दिएर उषा पाठक, हिरालाल धामी, राधेश्याम गुप्ता, लालबाबु यादव र विनोद उपाध्यायले अवधी भाषामा नै मन्तव्य राखेका थिए भने उद्घोषकले समय–समयमा थारु भाषामा सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]