राष्ट्रिय स्वाधीनता र समाजवादका लागि समाजवादी माेर्चा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी का स्थायी समिति सदस्य अनिल सीले राष्ट्रिय स्वाधीनता र समाजवादकाे लागि संघर्ष गर्ने उदेश्यकाे समाजवादी माेर्चा बनेको बताएका छन् । बिहिबार समाजवादी माेर्चा माेरङकाे घाेषणा र सन्देश सभालाई सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले एमसीसीकाे विरुद्ध संघर्षमा अपिल गर्दै सरकारकाे काम समाजवादी प्रकृतिको नभएको बरु एमसीसी नामकाे उदारवादले देशकाे आर्थिक सामरिक रुपले असुरक्षा पैदा गरेकाे ठोकुवा गरे । नेता अनिल सी ले साम्राज्यवाद परिवर्तनकारी शक्तिकाे विरुद्ध षड्यन्त्र गर्न लागेको कारण त्यसैलाई परास्त गर्न र समाजवाद स्थापनाकाे लागि संघर्ष गर्न समाजवादी माेर्चा बनेको ठोकुवा गरे ।
साे कार्यक्रममा नेकपा (माके) का सचिव बलदेव, जसपाका मनिष सुमन र नेकपा (एस) का महेश रेग्मीले आ-आफ्नो पार्टीको धारणा राखेका थिए । कार्यक्रममा नेकपाकाे तर्फबाट संगित लिम्बू र राहुल सीसहित ८ सदस्यीय समाजवादी माेर्चा माेरङ जिल्ला कार्यसमिति घाेषणा गरिएको छ ।