एमसीसी कार्यान्वयन गर्ने निर्णय राष्ट्रघाती र जनमत विरुद्ध छ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सी ले एमसीसी कार्यान्वयन गर्ने सरकारकाे निर्णय जनभावना, जनमत र राष्ट्रघाती रहेको बताएका छन् । समाजवादी माेर्चा सुनसरीको घाेषणा तथा सन्देश सभालाई सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन्। नेता अनिल सी ले राष्ट्रिय स्वाधीनता र समाजवादकाे निर्माण काम नगर्ने र अहिलेकै नीति, व्यवहार कायम रहने हाे भने र उदारवादी अर्थनीति र दलाल पुजीवादकाे जुवामा नारिएर नेपाली विशेषताकाे समाजवाद सपनाको पुल मात्र हुने दाबी गरे ।
उक्त घाेषणा तथा सन्देश सभामा बलदेव र महेश तथा जयराम यादवले पनि मन्तव्य राखेका थिए । पप्पु यादवकाे अध्यक्षता नेकपा सुनसरी इन्चार्ज डिवी सीले संचालन र स्वागत मन्तव्य भगिरथ खल्वेले गरेको कार्यक्रम सुनसरी निर्माण व्यवसायी संघकाे सभा कक्षमा भएकाे थियाे । सभाले पप्पु यादवकाे संयाेजकत्वमा नेकपाका डिवी सी र सुरेश सीसहित ८ सदस्यीय कार्यसमिति गठन गरेको छ ।अतिथि र निर्वाचित समितिलाई गाेविन्द निराैलाले धन्यवाद दिएका थिए ।