नेकपाद्वारा अरुण तेस्रो प्रभावितको आन्दोलनमा एक्येबद्धता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अरुण तेस्रो प्रभावितको आन्दोलनमा एक्येबद्धता जनाएको छ। अरुण तेस्रो जल विद्युत आयोजना प्रभावित संयुक्त संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले सो एक्येबद्धता जनाएका हुन् ।
ज्ञापन पत्र बुझ्दै प्रवक्ता प्रकाण्ड सीले भने – ‘हाम्रो पार्टी तपाइहरुको आन्दोलनमा एक्यवद्धता जनाउछ र माग सम्बोधन गर्न पहलकदमी गर्छ। यसमा तपाईंहरु आफ्नो स्ट्याण्ड कायम राख्नुस्। हामी यो असमान राष्ट्रघाती सम्झौता खारेजीको पक्षमा छौ, मुआब्जा त सामान्य कुरा भयो। तैपनी हामी यो लगानी बोर्ड र सरकारका आधिकारीक नेतृत्वसंग थप कुरा राख्छौ । ‘
उक्त ज्ञापनपत्र अरुण तेस्रो जल विद्युत आयोजना प्रभावित संयुक्त संघर्ष समितिको तर्फबाट अरुण तेश्रो प्रभावित स्थानिय संघर्ष समितिका अध्यक्ष हर्कसिंह राई र सुरेन्द्र राई नेतृत्वको टोलीले प्रवक्ता प्रकाण्ड सी लाई बुझाएको हो ।
उनीहरुले ज्ञापनपत्र बुझाउदै भने – ‘ यति ठुलो आयोजनामा त्यति सानो रकम समयमा भुक्तानी गर्न आलटाल गर्नुले सरकार र भारतीय कम्पनी सतलजको हेपाहा प्रवृती उदाङ्गो भएको छ। अरुण तेश्रोको प्रवेश मार्गबाट ४०० घरधुरी प्रभावित भएको र अरुण तेश्रोमा मुवाब्जाको मात्र कुरामात्र नभएर त्यहा अरुपनी थुप्रै समस्या भएकोले यो मुवाब्जाको आन्दोलन छोडेर आयोजना खारेजीकोलागी संघर्षको तयारीमा छौ । नेकपाले पटक– पटक अरुण तेस्रो नेपालको हित विपरित गरिएको राष्ट्रघाती सम्झौता हो भनेर गरेको आन्दोलन र कारबाहीको बारेमा हामी जानकार छौ, त्यसैले मुवाब्जाको पाटो अलग हो हामी खारेजीको आन्दोलन गर्छौ तपाईंहरु साथ दिनुस्।
ज्ञापनपत्र बुझाउदै स्थानिय संघर्ष समितिका अध्यक्ष राइले भने -‘ हामीले विभिन्न सरोकारवाला निकाय र सरकारलाई अर्को चरणको आन्दोलनको बारेमा जानकारी दिन विभिन्न सरोकारवाला निकाय लगाएत राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएका छौ प्रभावित क्षेत्रको ५० करोड बराबरको मुवाब्जा रकम सरकारले एकमुस्ट निकासा गरेर हामीलाई चित्त बुझाउनु पर्छ नत्र यो आयोजना खारेज गर्नुको विकल्प छैन।
अरुण तेस्रो पिडितहरुले आफुले पाउनुपर्ने मुवाब्जा निर्धारण गरिदिए पनि मुवाब्जा निकासा गर्न सरोकारवाला निकाय र सरकारले आलटाल गरेको भन्दै गत भदौ १६ गतेदेखी निरन्तर शान्तिपूर्ण आन्दोलनमा छन्। २०८० साल बैशाख २६ गते प्रभावित क्षेत्रमा प्रति रोपनी ११ लाख ७५ हजार निर्धारण गरेको थियो। सरकारले जनाएको प्रतिबद्धता अनुसार अरुण तेस्रो प्रवेश मार्ग प्रभावितहरुलाई ५३ करोड एकमुस्ट निकासा गर्नुपर्ने हुन्छ , जुन हालसम्म निकासा भएको छैन।
