अमेरिका निवासी कंडेलद्वारा नेकपमार्फत भुकम्पवाट प्रभावितलाई राहत सहयोग
२०८० कार्तिक २० गते, सोमबार
काठमाडौँ । अमेरिकाको टेक्सास बस्ने निराजन कंडेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी मार्फत शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पवाट प्रभावितकाे लागि ४५ हजार रुपैयाँ बराबरको ३० वटा कम्बल पठाएका छन। निराजनले आफ्नी आमा शुभद्रा कंडेलमार्फत उक्त सामग्री नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी लाई आज हस्तान्तरण गरेका हुन्।