नेकपाद्वारा ७५ लाख बराबरको राहत सामग्री जाजरकोट र रुकुम पठाईदै

२०८० कार्तिक २३ गते, बिहीबार



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले स संकलन गरेको ७५ लाख बराबरको राहत सामग्री जाजरकोट र रुकुम पठाउने तयारी गरेको छ। बुधबार दिउँसो नेकपा उपत्यका ब्युरोले रुकुम पश्चिम र जाजरकोटका भुकम्प प्रभावितका लागि ३२ लाख बराबरको संकलित राहत पत्रकार सम्मेलन गरी महासचिव विप्लव सी मार्फत पठाउने जानकारी दिएको हो ।
यता, नेकपा पुर्वी ताम्सालिङ, अखिल (क्रान्तिकारी, गणतान्त्रिक खेलकुद महासंघ, उद्योग व्यापार संगठन लगायतका क्षेत्रबाट संकलित राहत सामग्री महासचिव विप्लव सी मार्फत भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पठाउन हस्तान्तरण गरिएको छ ।
राहतमा उपत्यका ब्यूरो माफर्त कपडा ठुलो बोरा १३ थान, जुत्ता ठूलो बोरा २ थान, म्याटिस ३ रोल र २५ मिटर, कपडा सानो ४ बोरा, औषधी ६ कार्टुन २ वटा व्यान्डेज कपास, त्रिपाल १०० पिस, कम्बर १५० पिस, कपडा सानो झोला १४ प्याक, जेब्रा झोलामा, कपडा ४ वटा प्याक , बच्चाको ज्याकेट १४ पिस, १०० पिस हुड जाकेट , ६० पिस टाउजर रहेको छ भने राष्ट्रिय उद्योग व्यापार वाणिज्य महासंघबाट ९९ पिस सुईटर रहेको छ ।
यस्तै नेपाल गणतान्त्रीक खेलकुद महासंघबाट नगद रु.१०,००० (दशहजार ) रहेको छ भने अखिल (क्रान्तिकारी) बाट नगद रु. एक लाख (१,००,०००।), ज्याकेट १०० पिस प्याड १०० पिस, डाइपर ८५ वटा,थप कपडा २ झोला रहेको छ ।
यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिबाट कम्ब्बल ४० पिस, ३ बोरा कपडा छ । पूर्वी ताम्सालिङ्ग ब्यूरो काभ्रेबाट
व्याल्याङकेट ५ थान, कपडाहरु कुर्ता सुरुवाल १९७ थान, टिसर्ट ३२३ थान, पाईन्ट ८९ थान, सारी १४ थान, बच्चाको कपडा २७२ थान, जुत्ता, मोजा र चप्पल ४५, व्याग १६ थान, ज्याकेट ५९७ थान, तन्ना १० थान, टाउजर ५५ थान, टोपी १० थान रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]