नेकपाद्वारा जिप्रका जाजरकोटमार्फत भुकम्प पीडितलाई राहत हस्तान्तरण

२०८० कार्तिक २५ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी ले जिल्ला प्रशासन कार्यलयको जिल्ला बिपद् व्यवस्थापन समितिलाई राहत सामग्री हस्तान्तरण गरेका छन । हस्तान्तरण कार्यक्रममा नेपाल सरकारका जलस्रोत तथा उर्जा मन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, नेपाल प्रहरीका प्रमुख सन्तोष रोका, सशस्त्र प्रहरी बलका प्रमुख बिकास थापा लगायत पार्टी र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
राहत हस्तान्तरण पछि महासचिव विप्लव सी ले जनताका समस्यालाई मध्यनजर गर्दै राहत वितरण प्रभावकारी बनाउन ज‍ोड गरेका थिए । राहत वितरण,घाइतेको उपचार र पुनर्निर्माणमा आफ्नो पार्टी प्रशासनसंगै रहेको भन्दै त्यसलाई थप व्यवस्थित बनाउन प्रशासनलाई ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रमुख जिल्ला अधिकारी सुनारले पार्टीको सहयोगलाई आभार व्यक्त गरेका थिए । तपाईंका जिल्ला पार्टीका साथीहरूले राहत र आधारभूत पुनर्निर्माणमा महत्त्वपूर्ण सहयोग गर्नुभएको छ, धन्यवाद छ भन्दै सहयोगका लागि आभार व्यक्त समेत गरेको बताएका थिए ।
राहत वितरण पछि महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड नलगाड नगरपालिका वडा नम्बर १ चिउरीटोलका भुकम्प पिडित बस्तीमा पुग्नु भएको छ । जुन टोलमा भुकम्पले १३ जनाको ज्यान गएको थियोे । उक्त क्षेत्रमा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव प्रकाश सीको नेतृत्वमा स्वास्थ अभियान सञ्चालन गरिरहेका छन् ।
विप्लवले चिउरी बस्तीका पिडित स्थानीय संग कुराकानी गर्दै दुखमा आफ्नो पार्टी संगै रहेको बताए । शनिबार महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड रुकुम तथा सल्यानका प्रभावित बस्ती जाने कार्यक्रम रहेको छ । – प्रकाश डुम्रे

प्रतिक्रियाहरु

[anycomment]