लोकप्रियताका नाममा जेलेन्स्की जन्माउने कोशिस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले लोकप्रियताका नाममा भ्लोदिमिर जेलेन्स्की जन्माउने कोशिस भै रहेको बताएका छन। यही शुक्रबार पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्वोधन गर्न रोल्पाको थवाङ जाने क्रममा सुलिचौर पुगेका महासचिव विप्लव सी ले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्।
महासचिव विप्लव सी ले एमसीसी विरुद्ध कडा प्रतिरोध गर्ने चेतावनी दोहोर्याउदै मुलुक राजनीति,आर्थिक,सामाजिक लगायत सबै क्षेत्रबाट अफ्ट्यारोमा परेकोले नयाँ ढंगबाट समाधान खोज्नु पर्ने बताए ।
महासचिव विप्लव सी ले वैदेशिक हस्तक्षेप बढेको बताउदै लोकप्रियताका नाममा भ्लोदिमिर जेलेन्स्की जन्माउने कोशिस गरिरहेको बताउदै त्यो प्रति सचेत हुन जरुरी रहेको बताए । उनले माओवादी एकता तर्फ संकेत गर्दै मन्त्री र सांसदका लागि मात्रै माओवादी एकता नभई देश एवम् जनतालाई केन्द्रमा राखेर नयाँ ढंगले एकता हुने बताए ।
मङ्सिर ८ गते रोल्पाको थवाङमा पार्टी पूर्नगठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्न महासचिव विप्लव सी ,स्थायी समिति सदस्य विषम सी, अनिल सी लगायतका नेताहरू थवाङ जादैछन् ।