‘देश र जनताको रक्षा समाजवादले मात्र गर्छ’

२०८० मंसिर ७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले देश र जनताको रक्षा समाजवादले मात्र गर्न सक्ने ठोकुवा गरेका छन्। नेकपा मध्यकर्णाली ब्यूरोले बुधवार कालिकोटको सदरमुकाम मान्ममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले देश र जनताको रक्षा गर्न समाजवाद मात्र निर्विकल्प कार्यक्रम भएको बताउदै अहिले देशमा आएको चरम आर्थिक संकट र राष्ट्रिय स्वाधीनता गम्भीर संकटको कारक दलाल संसदीय पूँजीवादी व्यवस्था भएको ठोकुवा गरे ।
उनले नेपालमा दलाल पूँजीवादी व्यवस्था बदलेर समाजवादी व्यवस्थामा नजाने हो भने देश भयावह हुने चेतावनी दिंदै भने – “नेपालमा समाजवाद चाहियो । यो शान्तिपूर्ण चाहियो । दलाल संसदीय व्यवस्था ठिक कि समाजवादी व्यवस्था ठिक ? भनेर जनतालाई फैसला गर्ने अधिकार दिनु पर्छ । नेपालमा यसका लागि देशभक्त,क्रान्तिकारी शक्ति,प्रगतिशील शक्ति सबैले दबाव दिन जरुरी छ ।”


प्रवक्ता प्रकाण्ड सीले नेपालको संकटलाई समाधान तिर लिन समाजवादी मोर्चा समेत बनेको चर्चा गर्दै यो मोर्चामा नेपालका सबै माओवादी,कम्युनिष्ट, एमाले र काङ्ग्रेस समेत आउनु पर्ने बताए । उनले काङ्ग्रेसले पनि समाजवादको कुरा गरिरहेकाले वैज्ञानिक समाजवाद र काङ्ग्रेसको लोकतान्त्रिक समाजवाद बिच बहस गर्न नेकपा तयार भएको बताउदै भने – “कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने दायित्व नेकपाको काँधमा आएको छ । समाजवादी मोर्चाको परिकल्पमा पनि नेकपाको हो । देशको रक्षा समाजवादले मात्र गर्छ । संसदवादले होइन । संकटको निकास क्रान्तिकारी अग्रगामी र परिवर्तनकारी तरिकाले दिनुपर्छ ।”
प्रवक्ता प्रकाण्ड सीले देशका राजनीतिक पार्टी,परिवर्तनकारी क्रान्तिकारी शक्ति,देशभक्त शक्तिहरुले समयमा विचार गर्ने होईन भने नेपाल दक्षिण एशियाको युक्रेन बन्ने चेताबनी दिंदै भने – “जनताको जीवन धरापमा छ । सबै पार्टीका इमान्दार नेता कार्यकर्ताहरु एकठाउँमा नआउने हो भने देश युक्रेन बन्नेछ । यो बनाउने साम्राज्यवादी षड्यन्त्र छ । केही दलालहरुले अमेरिकाको गुणगान गाएका छन । केही मान्छेहरु राष्ट्रघाती साम्राज्यवादको एजेण्ड छन । राष्ट्र धेरै खतरामा छ । सबै पार्टीका नेताहरु समस्या छ भन्नेमा सहमत छन । उनीहरु संसदवादबाट निकास खोज्न चाहान्छन तर संसदवादबाट निकास सम्भव छैन ।”


प्रवक्ता प्रकाण्ड सीले संसदीय व्यवस्था दलाल,राष्ट्रघाती,मानवतस्कर,भ्रष्टाचारी र श्रमिक जनता माथि शोषण गर्ने व्यवस्था भएको ठोकुवा गर्दै २००६ साल देखि कम्युनिष्ट पार्टी स्थापना भएपनि जनताले गरेको बेला बेलाको क्रान्तिको सपना पुरा नभएको बताए ।
प्रवक्ता प्रकाण्ड सीले जनयुद्ध,एकीकृत जनक्रान्ति लगायतका सबै आन्दोलनका सहिदहरुको सपना नेपाल कम्युनिट पार्टीले पुरा गर्ने प्रतिवद्धता समेत जनाए । उनले श्रमिक जनताको मुक्तिको लागि संसदवादका विरुद्ध संघर्ष गरेर प्रचण्डबाट पार्टी अलग गरेको बताउदै भने -“किरण जीको साथमा अढाई वर्षसगै बस्दै २०६९ मसिर ८ गतेका दिन नेपालमा श्रमिक जनताको मुक्तिको मार्ग निर्देशन गर्ने नेपाल कम्युनिष्ट पार्टी गठन भएको दिन हो । आज यो दिनलाई विशेष हर्ष उत्लाहसका साथ मनाउनु पर्छ ।”
प्रवक्ता प्रकाण्ड सीले पार्टीको १० औ बार्षिकोत्सवका अवसरमा पार्टी नेता कार्यकता तथा आम जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दै कालिकोटका जनताको साथमा नेकपा रहेको उल्लेख गर्दै कालिकोटे जनतालाई क्रान्तिकारी उर्जाभरीरहन र विचलित नहुन आग्रहसमेत गरे ।
यसैगरी, उक्त जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता दिनेश सीले २५ बर्ष भन्दा माथिको युवालाई सरकारले नै विदेशतिर विक्री गरेको उल्लेख गर्दै दलाल व्यवस्थाले युवा विहिन देश बनाएको ठोकुवा गरे ।
नेता दिनेशले नेपालमा अब दलाल व्यवस्था हटाएर समाजवादी व्यवस्थाको स्थापना गरी युवाहरुलाई स्वदेशमै रोजगारीको बातावरण सृजना गर्नु पर्ने बताए । उनले भारतबाट आउने विषादीयुक्त स्याउहरु रोकेर जुम्ला कालिकोटमा स्याउहरु उत्पादन गर्नु पर्ने र बजारको व्यवस्था गर्नुपर्नेकुरामा जोड दिए । उनले युवा संगठन नेपाल देशको हित र विकासको लागि माओवादी केन्द्रको वाईसियल, एमालेको युथ फोर्स लगायतका सम्पूर्ण राष्ट्रप्रेमी युवाहरुसंग हातेमालो गर्न तयार भएको बताउदै भने – ‘हाम्रो देशलाई भ्रष्टाचारी र दलालहरुको हातबाट देश जोगाउनको लागि देशको बिकास रक्षाको निम्ति युवा संगठन नेपाल युवाहरुको अग्रिम भूमिका निर्वाह गर्ने छ ।’
उनले दुर्गा प्रसाईको गतिविधिप्रति चुनौती दिदै मानिस मरिसकेपछि जलाएको लासलाई जिउँदो बनाउँछु भन्नु र दुर्गाप्रसाइले राजा ल्याउछु भन्नु एउटै कुरा भएको बताए ।


यसैगरी, उक्त जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हिमशिखर सीले नेपाल कम्युनिष्ट पार्टी नेपाली श्रमजीवी जनताको आँखाको नानी भएको बताए । उनले नेपालमा जति क्रान्ति भएपनि श्रमजीवी जनताको वास्तविक सत्ता अझै प्राप्त नभएको जिकिर गरे । उनले श्रमजीवी जनताको एकमात्र पार्टी विप्लव नेतृत्वको नेकपा भएको भन्दै श्रमजीवी वर्गको समाजवादी सत्ता स्थापना गरेर छोडेने प्रतिवद्धता व्यक्त गरे ।
नेता हिमशिखरले देश आर्थिक,राजनीतिक,सामाजिक,साँस्कृति तथा राष्ट्रिय स्वाधीनतको विषयमा निकै संकटमा परेको बताए । उनले देशको संकट दलाल संसदीय पूँजीवादी व्यवस्थाले नभएर समाजवादी व्यवस्थाले दिने बताए । उनले कालिकोटे जनताको क्रान्तिकारी सपना कुनै पार्टीले पुरा गर्न नसक्ने ठोकुवा गर्दै त्यो सपना नेकपाले मात्र पुरा गर्ने विश्वास दिलाए ।
यसैगरी, उक्त जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकुमारी सीले दलाल व्यवस्थाको अन्त्य गरेर सहिदले देखेको समाजवादी व्यवस्थाको सपना पुरा गरेर छाड्ने प्रतिबद्धता जनाईन । उनले कालिकोटको माटोबाट करिब ५सय नेता कार्यकर्ताको रगत बगेको भन्दै सहिदहरुको सपना कुनै पनि मुल्यमा पुरा गर्ने प्रतिवद्धता जनाईन । उनले अहिले पनि यो राज्यले जनता माथी उत्पीडन गरेको भन्दै यो दलाल व्यवस्थाबाट कसैको मुक्ति सम्भव नहुने ठोकुवा गरिनन् । नेतृ राजनकुमारीले सहिदको सपना पुरा गर्न फेरी पनि कालिकोटे जनता एकजुट भएर समाजवादी व्यवस्था प्राप्तिको संघर्षमा लाग्न आब्हान गरिन
यसैगरी, उक्त जनसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति मोर्चाका अध्यक्ष विराट सीले मंसिर ८ लाई पर्वको रुपमा मनाउन अपिल गरे ।


मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सीको अध्यक्षतामा सम्पन्न जनसभाको संचालन नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सीले गरेका थिए । कार्यक्रम सुरु हुनु पूर्व जिल्लाका विभिन्न पालिकाबाट झाँकी,नारा जुलुस गरी हजारौ जनता कार्यक्रम स्थल मान्म बजार पुगेका थिए । उक्त जनसभामा प्रभात जनसाँस्कृति परिवारले बिच बिचमा साँस्कृति प्रस्तुति समेत प्रस्तुत गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]