नेपाल दक्षिण एशियाको युक्रेन बन्ने खतरा (भिडियोसहित)

२०८० मंसिर ७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपाल दक्षिण एशियाको युक्रेन बन्ने खतरा रहेको बताएका छन् । नेकपा मध्यकर्णाली ब्यूरोले बुधवार कालिकोटको सदरमुकाम मान्ममाआयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रवक्ता प्रकाण्ड सी ले देशका राजनीतिक पार्टी,परिवर्तनकारी क्रान्तिकारी शक्ति,देशभक्त शक्तिहरुले समयमा विचार गर्ने होईन भने नेपाल दक्षिण एशियाको युक्रेन बन्ने चेताबनी दिदै भने “जनताको जीवन धरापमा छ । सबै पार्टीका इमान्दार नेता कार्यकर्ताहरु एकठाउँमा नआउने हो भने देश युक्रेन बन्नेछ । यो बनाउने साम्राज्यवादी षड्यन्त्र छ । केही दलालहरुले अमेरिकाको गुणगान गाएका छन । केही मान्छेहरु राष्ट्रघाती साम्राज्यवादको एजेण्ड छन । राष्ट्र धेरै खतरामा छ । सबै पार्टीका नेताहरु समस्या छ भन्नेमा सहमत छन । उनीहरु संसदवादबाट निकास खोज्न चाहान्छन तर संसदवादबाट निकास सम्भव छैन ।”

प्रतिक्रियाहरु

[anycomment]