नेकपाका महासचिव विप्लव सी लाई थवाङमा भव्य स्वागत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको १० औ पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्वोधन गर्न थवाङ पुगेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी स्थानीय जनताले गाजाबाजासहित भव्य स्वागत गरेका छन् । महासचिव विप्लव सी रोल्पाका विभिन्न ठाउँमा अगुवा कार्यकर्ता तथा जनतासंग भेटघाट गर्दै थवाङ पुगेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीको १० औ पार्टी पूर्नगठन दिवसको अवसरमा जनयुद्धको केन्द्र थवाङ झकिझकाउ बनाइएको छ । ठाउँठाउँमा स्वागतद्वार बनाइएको छ । थवाङका जनताले महासचिव विप्लवलाई फुलमालाले स्वागत गरेका थिए । मङ्सिर ८ गते रोल्पाको थवाङमा पार्टी पूर्नगठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्न महासचिव विप्लव, स्थायी समिति सदस्य विषम सी, अनिल सी, पिविएम आदर्श सी, असल सी लगायतका नेताहरू थवाङ पुगेका हुन् ।

शुक्रबार दिउँसो १२ बजे थवाङ ठुलो गाउँमा पार्टीको बृहत् जनसभा आयोजनाको तयारी सकिएको पार्टी केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीले जानकारी दिए ।