‘जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदै छ , षड्यन्त्रका सपना नदेखे हुन्छ’

२०८० मंसिर ८ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदै भएको बताउदै षड्यन्त्रका सपना नदेख्न चेतावनी दिएका छन । शुक्रबार रोल्पाको थवाङमा १० औं पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन्।
उक्त जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले भने -‘ पछिल्लो समय देशमा केही लुटेराहरु सल्बलाएका छन् । यो एकैछिनको नाटक हो । यो षड्यन्त्रको जमेर प्रतिबाद गरिन्छ। जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदै छ , षड्यन्त्रका सपना नदेखे हुन्छ ।’
महासचिव विप्लव सी ले ईमानदार माओवादीहरुले जनता,सहिद र घाइतेलाई बिर्सनु नहुने भन्दै कतिपयले मन्त्री,सांसद र सम्पत्ति थुपारेपछि जनता भुलेको बताउदै भने- ‘हामी ज्युदैं छौं भन्न रोल्पा आएका हौँ ।’
महासचिव विप्लव सी ले कतिपयले माओवादी जनयुद्धलाई अपराधीकरण गराउने खोजेको भन्दै त्यसको कडा प्रतिवाद गर्ने र प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध हुने चेतावनी समेत दिए । उनले राजतन्त्रसहितका कतिपय षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने उद्घोष गरे ।
महासचिव विप्लव सी ले चुनबाङ बैठकको मर्म प्रचण्डलगायतका नेताहरूले नबुझेको बताउदै भने – ‘चुनबाङ बैठकपछि काठमाडौँ उत्रेका हौं । तर परिस्थिति उल्टो बन्यो । कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो ।’
महासचिव विप्लव सी ले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेको उल्लेख गर्दै जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौंमा पनि स्थापित गर्ने उदेश्यसहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धी गुमेको बताए ।

यसैगरी, उक्त जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य बिषम सी ले जनयुद्धको आधार भुमि थबाङ क्रान्तिको लालकिल्ला भएको बताए । नेता बिषमले रोल्पा र रोल्पाली जनता सधै परिवर्तनको पक्षमा रहेको बताउदै कहिल्यै नझुक्ने दाबी समेत गरे ।
उनले पुराना कम्युनिस्ट सहकर्मीहरुलाई सम्झिदै आफू निरन्तर क्रान्तिमा रहेको बताउदै भने- ‘जनयुद्धको मुल्य र मान्यता विपरीत यताउता नगरी निरन्तर आन्दोलनमा लागेको छु । तपाईहरु संग भए गरेका वाचा र प्रतिबद्धता भुल्ने काम मबाट हुदैन, ढुक्क हुनुस। ‘


यसैगरी, उक्त जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचार तथा प्रकाशन विभागका ईन्चार्ज अनिल सीले देशभक्त तथा प्रगतिशील शक्तिहरुको एकता आवश्यक रहेको बताए । नेता अनिलले संसदीय दलहरू भित्र अमेरिकी दलालहरु हावी भएको बताए । उनले प्रचण्ड,केपी वली र शेरबहादुर देउवाहरु दलालको प्रतिनिधित्व गरेको भन्दै क्रान्तिकारी आन्दोलनको अगुवाइ गर्ने नेपाल कम्युनिष्ट पार्टीमार्फत जनताका तमाम समस्या हल गर्न सक्ने बताए ।


नेता अनिलले कतिपय संसदवादी नेताहरू भ्रष्टाचारमा मुछिएको भन्दै उनीहरूले परिवारका सदस्य मार्फत अवैध धन आर्जन गरेको बताए । उनले दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद रहेको भन्दै समाजवादी केन्द्र बलियो बनाउन जरुरी रहेको बताए ।
नेता अनिलले समाजवादी मोर्चा तर्फ संकेत गर्दै नेता बिरहीले सत्ता र सरकारका लागि मोर्चा नभएको बताउदै प्रगतिशील र जनपक्षीय मुद्दामा मोर्चा बनेको बताए । उनले कतिपयले मोर्चालाई एकताको रुपमा व्याख्या गरेको भन्दै त्यो एकता जनयुद्धको मर्म अनुसार हुने ठोकुवा समेत गरे ।
नेता अनिलले कतिपय सरकारवादी नेताहरूले रोल्पाका जनताको विश्वास माथि कुठाराघात गर्दै व्यक्तिगत सुख-सुविधामा लागेको बताउदै यसको हल एकीकृत जनक्रान्तीले गर्ने समेत बताए।
उक्त जनसभाको अध्यक्षता गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले पछिल्लो विकसित अवस्थामा नेकपाका महासचिव विप्लव सी लगायतका पार्टी नेतृत्वप्रति नेपाली जनताको आशा र विश्वास बढ्दै गएको ठोकुवा गरे ।

उनले १० औं पार्टी पुनर्गठन दिवसले थप उत्साहित र खुसियाली बनाएको बताउदै रोल्पाका जनता एकपटक फेरि क्रान्तिकारी र जनपक्षीय आन्दोलनमा ध्रुवीकरण हुने बेला भएको बताए । उनले जनयुद्धको प्रभाव क्षेत्र रहेको राप्तीले नेपालमा गणतन्त्रको लागि उल्लेखनीय भुमिका खेलेको भन्दै जनयुद्धको मुल्य र मान्यता जबर्जस्त स्थापित भईरहेको बताए ।
नेता सबिनले जनयुद्ध र क्रान्तिकारी आन्दोलनमा थबाङको भुमिका प्रति सम्मान व्यक्त गर्दै आभार प्रकट गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]