षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने चेतावनी दिएका छन। शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औं पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन्।
महासचिव विप्लव सीले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेको भन्दै जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौंमा पनि स्थापित गर्ने उदेश्यसहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धी गुमेको बताए । उनले ईमानदार माओवादीहरुले जनता,सहिद र घाइते बिर्सनु हुदैन भन्ने आफ्नो जोड रहेको भन्दै कतिपयले मन्त्री,सांसद र सम्पत्ति थुपारेपछि जनता भुलेको बताउदै भने -‘ हामी ज्युदैं छौं भन्न रोल्पा आएका हौँ ।’
उनले कतिपयले माओवादी जनयुद्धलाई अपराधीकरण गराउने खोजेको भन्दै यसको कडा प्रतिवाद गर्ने चेतावनी दिंदै भने -‘पछिल्लो समय देशमा केही लुटेराहरु सल्बलाएका छन् । यो एकैछिनको नाटक हो । यो षड्यन्त्रको जमेर प्रतिबाद गरिन्छ । जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदै छ , षड्यन्त्रका सपना नदेखे हुन्छ ।