महासचिव विप्लव सीद्वारा बिरबलभद्र माविको कृषि बाली प्रयोगशालाको अवलोकन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले रोल्पाको थबाङमा रहेको श्री विरबलभद्र नमुना माविले सञ्चालन गरेको कृषि बालि विज्ञान प्रयोगशाला फिल्डको अनुगमन गरेका छन् । महासचिव विप्लव सीले उक्त बिद्यालयले बिधार्थीका लागि सञ्चालन गरेको कृषि प्रयोगशाला अवलोकन गर्दै यसलाई थप व्यवस्थित बनाउन स्थानीय पार्टी कमिटीलाई सहयोग गर्न निर्देशन समेत दिए । अवलोकनका क्रममा कृषि प्रयोगशालाका संयोजक अमर श्रेष्ठले यसलाई अझै सुधारको खाचो रहेको बताएका थिए ।
कृषि प्रयोगशाला तथा फर्ममा विभिन्न जातका तरकारी,फलफूल लगायत पशु सम्बन्धि व्यवहारिक शिक्षा दिने गरेको बिद्यालयका प्रधाध्यापक कुलबहादुर ओलीले बताए ।
फर्म तथा प्रयोगशालाको अवलोकन पछि महासचिव विप्लव सी ले थवाङका अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।