कम्युनिस्टका विरुद्ध कम्युनिस्टहरु लड्न हुँदैन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कम्युनिस्टका विरुद्ध कम्युनिस्टहरु लड्न नहुने बताएका छन् । रोल्पास्थित थबाङको सहिद हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले कतिपय खराब कम्युनिस्टलाई असल र ईमानदार कम्युनिस्टले विचार तथा व्यवहारले जित्नु पर्ने भन्दै जनपक्षीय कार्यशैली अगाडि बढाउन कार्यकर्तालाई निर्देशन दिए । उनले १० बर्षे जनयुद्ध र बिद्रोहमार्फत जनताका मुद्दा स्थापित भए पनि जनताका हातमा सत्ता नपुगेको बताए ।
महासचिव विप्लव सीले सहिदका सपना दायाँबायाँ हुन नदिने भन्दै देशको नेतृत्व आफूहरूले गर्ने बताए ।