कालिकोटको माल्कोटलाई ‘सी गाउँ’ घोषणा गरिदै

काठमाडौँ । कालिकोटको माल्कोटलाई मंसिर १२ गते ‘सी गाउँ’ घोषणा गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। नेपाल कम्युनिष्ट पार्टी कालिकोटले यही मंसिर १२ गते एक भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरी जनयुद्ध तथा एकीकृत जनक्रान्तिको आधारभूमी माल्कोटलाई नेपालकै पहिलो ‘सी गाउँ’ घोषणा गर्ने बताइएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्ड सी को प्रमुख आतिथ्यता मंसिर १२ गते माल्कोटलाई ‘सी गाउँ’ घोषणा गर्ने कार्यक्रमरहेको बताइएको छ । कार्यक्रम माल्कोटको सेरापाटा स्थिति नन्दादेवी माध्यमिक विद्यालयको प्राङगडमा आयोजना गरिएको बताइएको छ । कार्यक्रममा प्रभात सांस्कृति परिवारसंगै स्थानीय जनताको हुट्के,झाँकी,देउडा,गीत नृत्यहरु प्रस्तुत गरिनेछन ।
नेकपाका कालिकोट जिल्ला इन्चार्ज बलवान सीले ‘सी’ भनेको अंग्रेजीमा कम्युनिष्ट र कम्युनिष्टको नेपाली अर्थ साम्यवादी भएकाले माल्कोट गाउँलाई ‘कम्युनिष्ट साम्यवादी गाउँ’ घोषणा गर्न लागिएको बताएका छन । उनले सी गाउँ,सी संस्कृति, राजनीतिक,आर्थिक,सामाजिक विषयमा आफ्नै संस्कार र संस्कृति स्थापित गर्न सी गाउँ घोषणा गर्न लागिएको जानकरी दिए ।
माल्कोट क्रान्तिको अग्रणीय र उर्बरभूमी होे । यहाँ जनयुद्धको क्रममा मात्र ३३ जना र एकीकृत जनक्रान्तिको क्रममा १ जना गरी ३४ जनाको बलिदान भएको छ । यही गाउँमा नेकपाका प्रवक्ता प्रकाण्डको पनि जन्म भएको हो ।