वर्तमान राजनीतिक समस्याको जड दलाल पूँजीवादी व्यवस्था

२०८० मंसिर १३ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले वर्तमान राजनीतिक समस्याको जड दलाल पूँजीवादी व्यवस्था भएको ठोकुवा गरेका छन । नेपाल कम्युनिष्ट पार्टी कालिकोटद्वारा मंगलवार मााल्कोटलाई ‘सी गाउँ घोषणा’ गर्न आयोजित जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले सो ठोकुवा गरेका हुन्।
उक्त जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले नेपालमा दलाल पूँजीवाद र मुठ्ठिभर दलालवर्गका कारण नेपालमा संकट आएको बताउदै संकटको निकास वैज्ञानिक समाजवाद वा नेपाली विशेषताको समाजवादले मात्र दिने ठोकुवा गरे । उनले भने – “हाम्रो देश हुनेकी नहुने भन्ने अवस्थामा छ । सबै राजनीतिक पार्टी,नेता र जनताले सोच्नुपर्छ । एमसीसी मार्फत नेपाल आउने डिजाईन अमेरिकाको छ । देशमा पैसाको अभाव छ । तर निश्चित राष्ट्रिय दलालहरुले पैसा लुकाएका छन । कर्मचारीले तलव खान पाउने अवस्था छैन । ०६४ पछि प्रतिक्रान्ति भएको छ । यी सबै समस्या जन्माउने दलाल पूँजीवादी व्यवस्था हो ।”

यसैगरी, प्रवक्ता प्रकाण्डले समाजवादी मोर्चा भ्रुण पात्र भएको र मोर्चालाई शक्तिशाली राष्ट्रिय मुक्ति मोर्चामा बदल्नुपर्ने बताएका हुन । उनले नेपालमा अमेरिकी साम्राज्यवाद एमसीसीको माध्यमबाट देशलाई युक्रेन र प्यालिष्टान बनाउन आईरहेको भन्दै सबै नेपालका कम्युनिष्ट,क्रान्तिकारी,प्रगतिशी,देशभक्त शक्तिहरु एकठाउँमा आएर शक्तिशाली राष्ट्रिय मुक्ति मोर्चाको माध्यमबाट प्रतिरोध गर्नुपर्र्ने बताए ।
प्रवक्ता प्रकाण्डले अमेरिकालाई नेपालमा एमसीसीको माध्यमबाट आउने मुर्खता नगर्न चेतावनी दिए ।
उनले देशको तमाम समस्याको समाधान समाजवादी मोर्चाबाट खोज्नुपर्ने बताए । प्रवक्ता प्रकाण्डले नेपाली काङग्रेस पनि समाजवादी मोर्चामा आउन आहवान गरे ।
प्रवक्ता प्रकाण्ड सी ले यदि नेपालका संसदवादीदलहरु समाजवादी मोर्चाबाट समाजवादमा जान नचाहे र विदेशीहरुको दबावमा परे नेपाली जनतालाई त्यसको फैसला गर्ने अधिकार दिनु पर्ने बताए । उनले नेपाली जनतालाई त्यसको फैसला गर्न नदिए जस्तोसुकै संघर्षको मोर्चाबाट भएपनि नेपालमा बैज्ञानिक समाजवाद नेपाल कम्युनिष्ट पार्टीले ल्याउने प्रतिबध्दताजाहेर गरे ।

प्रवक्ता प्रकाण्ड सी ले माल्कोट आफैमा ऐतिहासीक गाउँ भएको र सी गाउँ घोषणाले थप ऐतिहासीक गाँउ भएको बताए । उनले माल्कोट र कालिकोटले अहिलेको राष्ट्रिय राजनीतिको समस्या हल गर्ने गरी योगदान गर्न अपिल गर्दै भने – “हाम्रो दुश्मन काठमाडौंमा छ । त्यो दलाल पूँजीवाद हो । माल्कोटका जनता,नेता कार्यकर्ताले राष्ट्रिय राजनीतिको समस्या हल गर्ने गरी योगदान गर्नुपर्छ ।”

स्मरणीय छ, जनयुद्धकालमा जनदमनका लागि गाउँमा पुगेको प्रहरीले हत्या, हिंसा, बलात्कार र आगजनी गरिरहेको बेला २०५४ साल चैत्र २६ गते माल्कोटका महिलाहरुले संगठित रुपमा प्रतिरोध गरेका थिए । महिलाहरुले प्रहरीका विरुद्ध प्रतिरोध मात्र गरेनन् उनीहरुले प्रहरीलाई गाउँबाट लखेट्दै रहगाड हुदै चिउरी मेला सम्म लखेट्दै हतियार खोजेर नेकपा माओवादीलाई बुझाएका थिए ।
त्यो महिलाहरुको पहिलो तथा ऐतिहासीक संगठित र साहासीक विद्रोह थियो । त्यो विद्रोह र प्रहरी विरुद्धको प्रतिरोधका क्रममा प्याउकली विक ,विजया विक,जया विक लगायतका ६ जना साहसी महिलाहरु प्रहरीको गोली लागेर घाईते भएका थिए ।
प्रहरी विरुद्धको प्रतिरोधका बेला कालिवहादुर विकको उच्च साहदत्त समेत भएको थियो । सुरुमा माल्कोटका महिलाहरुले लखेट्दै लगेका प्रहरी माथि कोटवाडतिरबाट पनि जनताले प्रतिरोध गरेका थिए । सोही क्रममा चिउरी मेला ओढारमा लुकेर बसेको तत्कालिन सरकारको हत्यारा प्रहरीले गोली हान्दा कोटवाडाका कालिवहादुर विकको उच्च साहदत्त भएको थियो ।
यही ऐतिहासीक विद्रोहलाई स्मरण गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले मंगलवार विद्रोहको मशाल बालेर माल्कोट गाँउलाई ‘सी गाउँ’ घोषणा गरेका हुन ।
‘सी गाउँ’ घोषणाका बेला नेकपा माओवादी केन्द्र,एमाले लगायतका विभिन्न कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । गाउँ–गाउँबाट विभिन्न स्थानीय झाँकी,हुड्के नाच,देउडा,नृत्य लगायतका सांस्कृतिक प्रस्तुतिका बिच स ‘सी गाउँ’ घोषण गरिएको छ । अब यो गाउँमा आफ्नै कम्युनिष्ट संस्कार र संस्कृतिको सुरुवात हुनेछ ।

माल्कोट गाँउबाट दलाल व्यवस्थाले भित्र्याएका विकृति विसंगति, अन्धविश्वास, रुढीवादी, विभेदभावयुक्त संस्कार संस्कृतिको अन्त्य हुने आशा गरिएको छ । सबै कम्युनिष्टहरुले आफ्नै सी संस्कृतिको विकास गर्नु पर्ने ऐतिहासीक सन्देश माल्कोटले दिएको छ । अब माल्कोटलाई सबैले अनुशरण गर्नु आवश्यक छ ।

प्रतिक्रियाहरु

[anycomment]