‘समाजवादी व्यवस्थामा मात्र किसानका समस्याको समाधन हुन्छ ‘

२०८० मंसिर १५ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले दलाल संसदीय व्यवस्थाले नेपाली किसानहरुका समस्या समाधान गर्न नसक्ने भन्दै समाजवादी व्यवस्थामा मात्र नेपाली किसानहरुका समस्या समाधन हुने बताएका छन । कपिलवस्तुको शिवगढीमा विहिवार बसेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्। महासचिव विप्लव सी ले किसानहरु आधुनिक किसानमा रुपान्तरण भएकाले किसान संगठन पनि नयाँ हुनुपर्ने बताए । उनले किसान संगठनले नेपालमा सानो (टुक्रे) उत्पादन र वृहत व्यवसायीक उत्पादन गर्ने दुवै खालका किसान सम्म संगठन विस्तार गर्नुपर्ने बताए ।
महासचिव विप्लव सी ले नेपाल कृषि प्रधान देश भएर पनि विदेशबाट खाद्यन्न आयात गर्ने कुरा दलाल व्यवस्थाका कारण भएको ठोकुवासमेत गरे ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को उक्त बैठकले देसैभरी संगठन सुदृढ र विस्तार गर्ने, संगठनको केन्द्रीय उत्पादनमा ६ देखि १० बिगाह जमिन लिजमा लिएर उत्पादनको काम गर्ने, आधुनिक प्रविधिको अध्ययन गर्दै नयाँ तालिममहरु आयोजना गर्ने, अध्यक्षको नेतृत्वमा ५ जनाको अध्ययन अनुसन्धान टिम गठन गर्ने निर्णय गरेको छ ।
संगठनले उत्पादनका लागि अध्यक्ष कालीबहादुर सीको कमान्डमा ज्वाला सी र केशव सी नियमित उत्पादन विभागमा रहने र केन्द्रीय सदस्यहरु पनि पालोपाली उत्पादनको काममा जोडिने निर्णय गरेको छ । संगठनले उत्पादनका लागि धान खेति संगै माछा पालन,तरकारी खेति, पशुपालन जस्ता कामहरु गर्नेछ
बैठकमा नेकपाका स्थायी समिति सदस्य सन्तोस सी,फ्यासन इन्चार्ज शिलु सी पिबिएम बिजय सी केन्द्रीय कार्यालय सचिव दिनेश सी लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता संगठनका केन्द्रीय अध्यक्ष कालीबहादुर सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]