‘शिक्षा निशुल्क,सर्वसुलभ र व्यावहारिक हुनुपर्छ ‘

२०८० मंसिर १५ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले शिक्षा निशुल्क,सर्वसुलभ र व्यावहारिक हुनुपर्ने बताएका छन। शुक्रबार कालिकोटको माल्कोटको सेरापाटामा रहेको नन्दादेवी माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।
प्रवक्ता प्रकाण्ड सीले श्री नन्दा देवि माध्यमिक बिद्यालयको नयाँ भवनको ब्यानर खोलेर उद्घाटन गर्दै शिक्षा निशुल्क,सर्वसुलभ र व्बहारिक हुनुपर्ने तर दलाल संसदीय व्यवस्थामा शिक्षा निशुल्क,सर्वसुलभ र ब्यवहारिक हुन नसक्ने भन्दै समाजवादमा मात्र शिक्षा पूर्ण रुपमा निशुल्क,सर्वसुलव र व्यवहारिक हुने ठोकुवा गरे ।
प्रवक्ता प्रकाण्ड सीले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्र पनि दलालहरुको हातमा रहेको जिकिर गर्दै नेपालमा राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका सबै क्षेत्र निश्चित दलालहरुले कव्जा गरेका कारण जनताले दुख पाउनु परेको बताए । उनले सबै समस्याको जड दलाल संसदीय व्यवस्था भएको भन्दै दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर नेपालमा बैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्नेमा जोड दिए ।

यसैगरी , उक्त कार्यक्रममा प्रवक्ता प्रकाण्ड सीले सो विद्यालयलाई पार्टीको तर्फबाट ५० हजार नगद सहयोगसमेत गरे ।


कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विराट सी,नेकपाका केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्यूरो इन्चार्ज विवेक सी,केन्द्रीय सदस्य बलवान सी लगायतका नेता कार्यकर्ता,विद्यालय परिवार तथा जनताको सहभागिता रहेको थियो ।
स्मरणीय छ , जनयुद्धकालमा २०५८ साल फागनु महिनामा तत्कालिन सरकारका सुरक्षाकर्मीले यो विद्यालयलाई माओवादीले चलाएको विद्यालय भन्दै आगजनी गरेको थियो । तत्कालिन नेकपा (माओवादी)ले विद्यालयको नयाँ तथा नमुनायोग्य भवन निमार्ण गरेर निरन्तर विद्यालय संचालन गरेको थियो । अहिले पनि यो विद्यालयलाई राज्यका निकायहरुले फरक दृष्टिकोणबाट हेर्नेगर्छन ।

प्रतिक्रियाहरु

[anycomment]