‘अदालतको अराजक र विध्वंशकारी आदेश खारेज हुनुपर्छ’

२०८० मंसिर १९ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सीले अदालतको अराजक र विध्वंशकारी आदेश खारेज हुनुपर्ने बताएका छन। नेकपा दैलेखद्वारा मंगलबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन् ।
प्रवक्ता प्रकाण्ड सी ले अदालतको अराजक र विध्वंशकारी आदेश खारेज हुनुपर्ने र ३ बुँदे सहमति राज्यका सबैअंग जिम्मेवार भएर कार्यन्वयन गरिनु पर्ने माग गर्दै यदि त्यसो नगरिए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार राज्य र राज्य संचालक हुनुपर्ने चेतावनीसमेत दिएका छन ।
उनले अदालतको विध्वंशकारी आदेश विरुद्ध पार्टीले संघर्षको कार्यक्रम समेत घोषणा गरेकाले सबै पार्टी नेता कार्यकर्तालाई संघर्षका कार्यक्रममा सहभागी हुन निर्देशनसमेत दिए ।
प्रवक्ता प्रकाण्ड सी ले देशी विदेशी प्रतिगामीको षड्यन्त्रले अदालतको पक्राउ पूर्जी काण्ड बाहिर आएको खुलासा गर्दा नेपालमा शान्ति र स्थिरता नचाहने र नेपाललाई द्धन्द्धमा धकेल्ने देशी विदेशी दलाल,प्रतिगामी तथा साम्राज्यवादी शक्तिहरुले पक्राउ पूर्जीको षड्यन्त्र गरेको बताए । उनले सरकारसंग भएको ३ बुँदे सहमति विपरित जिल्ला अदालत काठमाडौंले गरेको आदेश नेपाल राष्ट्र र जनताको हितमा विल्कुलै नभएको भन्दै नेपाल कम्युनिष्ट पार्टीलाई मात्र होइन आम नेपाली जनतालाई स्वीकार्य नहुने बताए ।


प्रवक्ता प्रकाण्ड सी ले नेपाल कम्युनिष्ट पार्टी नेपाली राजनीतिमा दलाल संसदीय व्यवस्थाको विकल्पको शक्तिको रुपमा उभिएपछि प्रतिक्रान्तिकारी,प्रतिक्रियावादी,प्रतिगामी तथा साम्राज्यवादी शक्तिहरुले नेकपा माथि विभिन्न षड्यन्त्र गर्न थालेको ठोकुवा गर्दै भने- ‘यो दलाल संसदीय पूँजीवादी व्यवस्थाको समस्या हो,परिवर्तनकारी क्रान्तिकारी शक्ति र जनतामाथि यो व्यवस्थामा षडयन्त्र हुन्छ। कुनै पनि हालतमा दलाल व्यवस्थाको षड्यन्त्र खारेजी गर्नु पर्छ, यो व्यवस्थालाई बदलेर नेपालमा नेपाली विशेषताको समाजवादी व्यवस्थाको स्थापना गर्नुपर्छ ।’
प्रवक्ता प्रकाण्ड सी ले जनतालाई ज्यूदै मर्न बाध्य बनाउने दलाल संसदीय व्यवस्थाका कारण लाखौं नेपाली युवाहरु विदेशिएको र जसका कारण दिनहु नेपालको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली युवाहरुको लासहरु आउने गरेको उल्लेख गर्दै नेपाली युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेण्टी गर्ने व्यवस्था समाजवाद मात्र हुने र त्यस्तो व्यवस्थामा मात्र विदेशीएका युवा पनि नेपाल आउने र अर्काको देशमा अकालमा मर्नु नपर्ने बताए ।
उक्त प्रशिक्षण कार्यक्रमका नेकपाका मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सी,दैलेख जिल्ला इन्चार्ज कलम सीलगायत जिल्लास्तरका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु