पक्राउ पूर्जी द्वन्द निम्त्याउने षड्यन्त्र

२०८० मंसिर १९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेकपाका महासचिव,प्रवक्तालगायतका नेताहरुको नाममा पक्राउ पूर्जी जारी गर्नु नेपालमा द्वन्द निम्त्याउने षड्यन्त्र भएको ठोकुवा गरेका छन । नेकपा कैलालीद्वारा मंगलबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई उनले सो ठोकुवा गरेका हुन ।
नेता भरत सीले पक्राउ पूर्जाीको घटनाले देशको स्थिति विष्फोट तिर गएको भन्दै प्रतिगामीहरुको षड्यन्त्रलाई क्रान्तिकारीहरुले कडा प्रतिरोध गर्नु पर्ने बटा । उनले भने – ‘ नेपाल कम्युनिष्ट पार्टीका नेता माथि पक्राउ पूर्जी जारी गरेर द्धन्द्ध निम्त्याउने षड्यन्त्र भएको छ । क्रान्तिकारीहरुले प्रतिरोध गर्नुपर्छ ।’
नेता भरत सीले पार्टीको सहि विचारलाई जनतासंग जोड्न नेता र कार्यकर्ता परिश्रमि,कुशल र सक्षम हुनुपर्ने बताए ।
उक्त कार्यक्रमको संचालन र अध्यक्षता नेकपा कैलाली जिल्ला इन्चार्ज प्रकाश सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]