‘वर्तमान राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद’

२०८० मंसिर २९ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले वर्तमान राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद मात्र भएको ठोकुवा गरेका छन। बिहीबार बिर्तामोडमा आयोजित पूर्वी गर्जन पत्रिकाको सार्वजनिकीकरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। नेता अनिल सीले साम्राज्यवादीहरुको चलखेलका कारण मुलुक गम्भीर राजनीतिक संकटमा पुगेको उल्लेख गर्दै देश बचाउन सबै कम्युनिस्ट बामपंथी र प्रगतिशील शक्तिहरु एकै ठाउँमा उभिनु पर्ने बताए । उनले मुलूकको संकट टार्न मूर्ती बेच्नेहरु समेत पुनः छलकपट गर्दै चलखेल गर्न लागि परिरहेको भन्दै विदेशीको आडमा चलखेल गरे नागार्जुनबाट सँधैका लागि भाग्नु पर्ने चेतावनी दिए ।
नेता अनिल सीले पूर्व राजा ज्ञानेन्द्र शाहतर्फ इंगित गर्दै भने – ‘संक्रमणको फाइदा उठाउँदै कलाकार मार्नेहरु, मूर्ती बेच्नेहरु राजनीतिक समाधान निकाल्ने भन्दै लागि रहेका छन । उनीहरुले समाधान कदापी दिँदैनन्, विदेशीको आडमा चलखेल गरे नागार्जुनबाट सँधैका लागि भाग्नु पर्छ ।’
नेता अनिल सीले मुलुकको समस्या हल गर्ने भन्दै नयाँ शक्तिको नाममा विभिन्न व्यक्तिहरु देखिएपनि उनीहरुबाट निकास नआउने जिकिर गर्दै दलाल पुँजीवादी व्यवस्थाले समाजलाई समाधान नदिएको भन्दै नेता अनिलले अहिलेको प्रणालीमा नै समस्या रहेको औँल्याए ।

नेता अनिल सीले सञ्चार क्रान्तिको अभिन्न अंग भएपनि अहिले सूचना क्रान्ति हो कि प्रतिक्रान्ति हो ? भन्ने प्रश्न जन्मिएको बताए । उनले सञ्चार क्षेत्रको काम भनेको मानिसहरुलाई सूचनाको भ्रमबाट बाहिर ल्याउने रहेको बताउँदै पूर्वी गर्जनले मानिसहरुलाई सहि सूचना दिन सफल होस् भन्दै शुभकामना दिए ।

प्रतिक्रियाहरु

[anycomment]