अदालतको कदम समाजवादी क्रान्ति र समाजवादी मोर्चाविरुद्ध चालिएको षड्यन्त्र

२०८० पुष ४ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले अदालतको कदम समाजवादी क्रान्ति र मोर्चा विरुद्ध चालिएको षड्यन्त्र भएको ठोकुवा गरेका छन। नेकपाको जारी केन्द्रीय समितिको बैठकलाई बुधवार सम्वोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले दलाल व्यवस्थाको संकट टार्न र नेकपालाइ कमजोर बनाउन साम्राज्यवादी षड्यन्त्र बढिरहेको ठोकुवा गर्दै अहिलेको संकट समाधानको मिशन २०८४ नभएर क्रान्ति र समाजवाद भएको बताए ।


प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादी षड्यन्त्रको नयाँ अभ्यास अदालतको पक्राउ पूर्जीबाट देखिएको बताउदै भने – “साम्राज्यवादले एकातिर हाम्रा विरुद्ध षड्यन्त्र गरिहेकाको छ भने अर्केतिर यो व्यवस्थामा आएको संकट टार्न आफ्नो कट्टर प्रतिनिधि खोजिरहेको छ । त्यसका लागि अहिलेका पात्रको ठाउँमा नयाँ पात्र खोजिरहको छ ।”
प्रवक्ता प्रकाण्ड सी ले चुनौतीहरुको सामना गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपा मात्रै देखिएको भन्दै यस विरुद्ध दलाल साम्राज्यवादी षड्यन्त्र नयाँ –नयाँ तरिकाले आईरहेको ठोकुवा गरे ।

प्रवक्ता प्रकाण्ड सी ले भने – ‘हाम्रो आन्दोलनलाई सानो तिनो षड्यन्त्रले कमजोर पार्न सकिदैन भन्ने दलाल पूँजीवादको पनि निश्कर्ष छ। अदालत त खालि माध्यम मात्र हो । मुख्य कुरा साम्राज्यवादको योजना छ । साम्राज्यवाद नेपाली क्रान्तिका विरुद्ध आइरहेको छ । दलाल व्यवस्थाको संकटलाई आफ्ना उचित पात्र मार्फत देशमाथि हस्तक्षेत्र गर्न चाहान्छ ।”
उनले अहिलेको संकटलाई सामधान गर्न नेपाली विशेषताको समाजवाद भेलो ठोकुवा गर्दै त्यसका लागि आफ्नो संगठनलाई सुदृढ गर्नेुपर्ने विचार व्यक्त गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

प्राकृतिक विपदवाट बचौं र बचाऔं

२०८२ आश्विन १९ गते, आईतवार

आइतबार र सोमबार बिदा !

२०८२ आश्विन १८ गते, शनिबार