‘नेकपा सच्चा लाेकतन्त्रवादीसँग सहकार्य गर्न चाहन्छ’

२०८० पुष ८ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले आफ्नाे पार्टीले सच्चा लाेकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न चाहेकाे खुलासा गरेका छन् । चितवन, पर्सा बजारस्थित भवानी शंकर बहुमुखी क्याम्पसमा शनिबार भएकाे पश्चिम नारायणी ब्युराेका ६ जिल्लाका जिल्ला सदस्यहरुकाे संयुक्त राजनीतिक-वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले सो खुलाशा गरेका हुन्।
नेता अनिल सीले गैरकम्युनिस्ट पार्टीभित्र फासीवाद र प्रतिगमन विरुद्ध तथा विदेशी हस्तक्षेप विरुद्ध लड्ने धार वा प्रवृत्ति रहेको भन्दै उनीहरू पनि दलाल पुजीवादीबाट शाेषण-उत्पीडनमा परेको बताए ।
उक्त कार्यक्रममा उत्पादन विभाग सदस्य तथा पिविएम सन्देश सीले अर्थनीति सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रम पिविएम तथा पश्चिम नारायणी ब्युरोका इन्चार्ज एटम सीकाे अध्यक्षता, पूर्वी चितवन जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य उत्सव सीकाे सन्चालन र मकवानपुर जिल्ला इन्चार्ज वाटरले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमकाे अन्तिममा सहभागीहरुबिच अन्तरक्रियासमेत भएकाे थियाे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु