‘मध्यम वर्गलाई साथमा लिएर अबकाे क्रान्ति सम्पन्न गर्नुपर्छ’

२०८० पुष ९ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शुशिल सीले मध्यम वर्गलाई साथमा लिएर अबकाे क्रान्ति सम्पन्न गर्नु पर्ने बताएका छन । आइतबार नेकपा उपत्यका ब्युरोकाे विशेष बैठकलाई सम्बोधन गर्दै शुशिल सी ले मध्यम वर्गले साथ नदिएसम्म नेपालमा क्रान्ति पुरा नहुने भन्दै यसलाई विश्वासमा लिएर अबकाे क्रान्ति पुरा गर्नुपर्ने बताएका हुन् । उनले भने – “मध्यम वर्ग हाम्रो साथमा छैन, पार्टीमा आएन ।यसलाई ल्याउनुपर्छ। अनिमात्र क्रान्ति सम्पन्न हुन्छ ।”
नेता शुशिल सीले नेकपाले पछिल्लो समय लिएकाे नीतिले मध्यम वर्ग आकर्षित भइरहेकाे बताउदै भने- “पार्टीकाे राष्ट्रियता, जनतन्त्र, जनजिविका र उपादनकाे कामले जनतालाई आकर्षित गरेकाे छ । यसले दलाललाई छटपटी भएकाे छ । संसदवादी दलहरूकाे भ्रष्टिकरण र नेकपाकाे लाेकप्रियताबाट उनीहरू आत्तिएका छन् ।”
नेता शुशिल सीले नेकपाकाे लाेकप्रियताका कारण छटपटिएका उनीहरू तीन बुँदे सहमतिमा गम्भिर नबनेकाे बताउदै भने – “नेकपा बिस्तारै लाेकप्रिय बन्दैछ, यसले उनीहरूलाई सैह्य भएकाे छैन् । जनताले नेकपालाई बुझिसकेका छन् । संसदवादी दलहरूले आफूहरू सिद्धिने डरले तीन बुँदे सहमति कार्यान्वयन गर्न उदासिन बने । तीन बुँदे सहमति सम्मान जनक सहमति हाे । याे नेकपाकाे विजय मात्र हाेइन जनताकाे विजय हाे ।”
नेता शुशिल सीले पार्टीकाे भर्खरै सम्पन्न केन्द्रीय समितिकाे विशेष बैठकले नेपालकाे राष्ट्रिय राजनीतिमा फेरबदल आएकाे निश्कर्ष निकालेका बताए ।
उक्त बैठककाे अध्यक्षता नेकपा पाेलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो ईन्चार्ज कृति सीले गरेका थिए । बैठकले पार्टी संगठनलाई सुदृढ गर्ने, राज्य षड्यन्त्रकाे भण्डाफोर अभियानमा सम्पूर्ण ब्युरो पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]