नेकपाका नेताविरुद्धको पक्राउ पुर्जी खारेज नगरे कडा संघर्ष
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकि स्थायी समिति सदस्य शिलु सीले नेकपाका नेताविरुद्धको पक्राउ पुर्जी खारेज नगरे कडा संघर्ष गर्ने बताएकी छन। मंगलबार नेपाल कम्युनिस्ट पार्टी विद्यार्थी साधारण शाखा बागमतीको प्रथम बैठक तथा अखिल (क्रान्तिकारी) बागमती कमान्डको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकि हुन् ।
उनले राष्ट्रियता स्वाधीनता, जनतन्त्र, जनजीविका पक्षमा र राष्ट्रघाती MCC विरुद्ध पार्टीले संघर्ष गर्दा त्यसको लोकप्रियताबाट प्रतिक्रियावादीहरु अत्तालिएर अदालतको सहारा लिएर नेकपामाथि पक्राउ पुर्जी जारी गरेको ठोकुवा गर्दै पक्राउ पुर्जी खारेज नगरे कडा संघर्ष गर्ने बताइन् ।
उनले पक्राउ पुर्जीबारे सरकारले पनि दोहोरो चरित्र देखाएको भन्दै सरकारसंग भएको सहमतिलाई सरकारले नै कार्यान्वयनमा ढिलासुस्ती गरिरहेको बताइन् । उनले युवा विद्यार्थीहरु एक भए मात्र समाजवाद प्राप्त गर्न सकिने ठोकुवासमेत गरिन ।
यसैगरी , उक्त बैठकमा बोल्दै अध्यक्ष प्रकाश सीले आगामी दशकलाई सम्भावना, क्रान्ति, रुपान्तरणको दशक बनाउन सबैले आ-आफ्नो ठाउँबाट मेहनत गर्नुपर्ने भन्दै राष्ट्रिय सम्मेलनलाई ऐतिहासिक एवम् भव्य बनाउन सबै आ-आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए भने संगठनका उपाध्यक्ष नरेन्द्र सीले अहिले देखिएको तमाम समस्याहरुको हल समाजवादी राज्यव्यवस्थाले मात्र गर्न सक्ने भएकाले समाजवाद प्राप्तिको अभियानमा सबै लामबद्द भएर लाग्नु पर्ने आवश्यकता रहेको बताए । उनले सबै कलेज क्याम्पसहरुमा विद्यार्थीको बिचमा पुगेर पार्टी संगठनको दृष्टिकोण धारणा व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्ने बताए । उनले युवा विद्यार्थीहरु समाजको सबैभन्दा सचेत वर्ग भएकाले देशको रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।
उक्त कार्यक्रममा संगठनका महासचिव ललित सीले अध्ययन अनुसन्धानलाई बढाउदै हजारौं हजार विद्यार्थीहरु संगठित गर्नुपर्ने बताउदै अखिल (क्रान्तिकारी) मात्रै विद्यार्थीको नेतृत्व गर्ने संगठन भएकाले त्यहीँ अनुसारको दायित्व जिम्मेवारी बहस गर्न सुझाव दिएका थिए ।
उक्त कार्यक्रमको संचालन तथा अध्यक्षता संगठनका बागमती कमान्डका इन्चार्ज मदन सीले गरेका थिए ।
बैठकले काठमाडौँमा केन्द्रित अभियानलाई जोड दिएको छ । काठमाडौँ जिल्लालाई ४ भागमा विभाजन गरेर अभियान संचालन गर्ने निर्णय गरेको छ । संगठनका ४ जना सचिवालय सदस्यहरुलाई अभियानको कमाण्डर ताेकिएको छ । जस अनुसार सचिवालय सदस्य अनिल सीलाई कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका र नागार्जुन नगरपालिका, सचिवालय सदस्य लोकेश सीलाई तारकेश्वर, टोखा, महानगर, यस्तै सचिवालय सदस्य सुवास सीलाई कागेश्वरीमनोहरा, गोकर्णेश्वर, बुढानिलकण्ठ नगरपालिका यस्तै सचिवालय सदस्य डिबी सीलाई शंकरापुर, चन्द्रागिरी नगरपालिकाको अभियान कमान्डर ताेकिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य शिलु सीको प्रमुख आतिथ्यतामा भएको बैठकको विशिष्ट अतिथि संगठनका अध्यक्ष प्रकाश सी, अतिथिहरु संगठनका उपाध्यक्ष नरेन्द्र सी, महासचिव ललित सी, कार्यालय सदस्य नतसा सीको उपस्थिति रहेको थियो ।