वर्तमान राजनीतिक समस्या समाधानको एकमात्र विकल्प समाजवाद

२०८० पुष ११ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य शुशिल सीेले नेपालको पछिल्लो राजनीतिक संकट र त्यसको समाधानको एकमात्र विकल्प समाजवाद भएको बताएका छन । नेकपा पूर्वी नारायणी ब्यूरोले रौतहटको चन्द्रनिगाहपुरमा बुधवार आयोजना गरेको ब्यूरो स्तरिय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
नेता शुशिल सीेले कतिपय संसदवादी दलका नेताहरुले मिशन ०८४ को चुनाव नै एकमात्र समस्याको समाधा हो भनिरहेका बेला स्था त्यसको खण्डन गर्दै कुनै पनि बाहनामा संसदीय चुनाव समस्याको समाधान हुन नसक्ने ठोकुवा गरे । उनले भने – ‘संसदीय व्यवस्थालाई मलजल गर्न चुनावबाट चुनाव कुनै अर्थ छैन,यो व्यवस्था पूर्णरुपमा असफल भयो । यसबाट नेपाली जनताको कुनै पनि भविष्य निमार्ण हुनेवाला छैन । केही निश्चित दलालहरुलाई लुटेर खानका लागि मिशन ०८४ हुनसक्छ तर जनताको लागि हुन सक्दैन ।’
नेता शुशिल सी ले नेपालमा संसदीय व्यवस्था असफल भएकै कारण नेपालमा समाजवादी व्यवस्था ल्याउने शर्तमा समाजवादी मोर्चा बनेको उल्लेख गर्दै नेपाली विशेषताको समाजवाद नै अहिलेको सबैको एकमात्र मिशन हुनुपर्ने बताए ।
नेता शुशिलले नेपालमा दलाल तथा साम्राज्यवादी शक्तिहरुको हस्तक्षेप बढदै गएको भन्दै त्यसविरुद्ध लड्न र देशलाई स्वाधीन बनाउन सवै नेपालका लोकतान्त्रिक गणतन्त्रवादी,देशभक्त शक्तिहरु तथा वामपंथी कम्युनिष्टशक्तिहरु एक हुनुपर्ने बताए ।
पूर्वी नारायणी ब्यूरो इन्चार्ज रक्तिम सीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको स्वागत मन्तव्य रौतहट इन्चार्ज शिवसंकर सीले दिएका थिए भने संचालन नेकपाका केन्द्रीय सदस्य विनोद सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]