समाजवादी मोर्चा नेपालद्वारा प्रतिक्रान्तिकारी र प्रतिगामी षड्यन्त्रको प्रतिवाद गर्ने उद्घोष

२०८० पुष १२ गते, बिहीबार


काठमाडौँ । समाजवादी मोर्चा नेपालले क्रान्ति र आन्दोलनका उपलब्धिमाथि प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिहरुबाट षड्यन्त्र भईरहेको भन्दै त्यसको प्रतिबाद गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको मोर्चाको बैठकले क्रान्ति र आन्दोलनका उपलब्धिमाथि प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिबाट षड्यन्त्र भईरहेको भन्दै त्यसको प्रतिबाद गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले नेपालको राष्ट्रिय राजनीति निकै गम्भीर अवस्थामा पुगेको मोर्चाले ठहर गर्दै प्रतिक्रान्तिकारी तथा प्रतिगामीहरुको षड्यन्त्र परास्त गर्न समाजवादी मोर्चालाई थप प्रभावकारी बनाउनु पर्ने र नेपाललाई नेपाली विशेषताको समाजवादमा लैजानुपर्ने निर्णय गरेको छ ।
यसैगरी, उक्त बैठकले समाजवादी मोर्चाको एक घटक नेपाल कम्युनिष्ट पार्टीका नेतामाथि काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी आपत्तिजनक भएको भन्दै नेकपाका नेता कार्यकर्तामाथिका झुट्टा मुद्धा राजनीतिक दृष्टिकोणले समाधान खोज्नुपर्ने निर्णय गरेको छ ।
मोर्चाले सरकारले समेत तीन बुँदे सहमति गरेर खुल्ला राजनीतिमा आएको नेकपामाथि पुरानो मुद्धाहरु व्यूताएर फेरी द्धन्द्ध फैलाउने कुरा जायज नभएको निष्कर्ष निकाल्दै सरकारले यस विषयलाई गम्भीरता पूर्वक लिएर समस्याको समाधान खोज्नतिर लाग्न मोर्चाले आग्रह गर्ने निर्णय गरेको छ ।


यस्तै मोर्चाले आगामी दिनमा सरकारका कामहरु जनताको पक्षमा प्रभावकारी बनाएर लैजान पनि सरकारलाई आग्रह समेत गरेको छ ।
समाजवादी मोर्चाको उक्त बैठकमा नेताहरुले अहिलेसम्म मोर्चाले गरेका कार्यको बारेमा रिपोटिङ्ग पेश गर्दै मोर्चाको पहिलो चरणको कार्यक्रमले पार्टी , नेता,कार्यकर्ता र जनतामा ठुलो उत्साह ल्याएको निष्कर्ष निकालेका छन ।
बैठकले मोर्चालाई थप प्रभावकारी बनाउन पुस महिना भित्रै जिल्ला तहमा मोर्चा गठन गर्न बाँकी ३० जिल्लामा समाजवादी मोर्चा गठन गर्ने निर्णय गरेको छ । मोर्चाले अहिले सम्म देशभर ४७ जिल्लामा समाजवादी मोर्चा नेपाल गठन गरेको पनि जानकारी गराएको छ ।
मोर्चाको बैठकले आगामी माघको पहिलो र दोस्रो सातामा काठमाडौंमा दुईवटा ठुला कार्यक्रम गर्ने पनि निर्णय गरेको मोर्चाका सचिवालय समाजवादी मोर्चा नेपालका संयोजक माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड ,नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका चार दलिय मोर्चाका दोस्रो तहका नेताहरुको सहभागीता रहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

प्राकृतिक विपदवाट बचौं र बचाऔं

२०८२ आश्विन १९ गते, आईतवार

आइतबार र सोमबार बिदा !

२०८२ आश्विन १८ गते, शनिबार