देशको अग्रगामी निकासका लागि विद्यार्थीहरुको सक्रिय र सचेत पहलकदमी अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सी ले देशको अग्रगामी निकासका लागि विद्यार्थीहरुको सक्रिय र सचेत पहलकदमी अनिबार्य भएको बताएकी छन। बुधबार अखिल (क्रान्तिकारी) मध्यपश्चिम कमाण्ड विद्यार्थी साधारण शाखाको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।
नेतृ शिलुले अबको पुस्ताको नेतृत्वको लागि युवा विद्यार्थीहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र देशको अग्रगामी निकासका लागि नेपाली विशेषताको समाजवादमा देशलाई लैजान पनि विद्यार्थीहरुको सक्रिय र सचेत पहलकदमी हुनुपर्ने बताउदै ।अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन शैक्षिक बहस र जुझारु संगठन निर्माण केन्द्रित हुनुपर्ने भन्दै कमान्ड, ब्युरो र जिल्लाहरुलाई सम्मेलन तयारीमा कुनै केही कसर बाँकी नराखी लाग्न निर्देशन दिईन ।

उक्त बैठकमा पार्टीका ब्यूरो इन्चार्जहरु आदर्श, राजन, अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष नरेन्द्र, पार्टी जिल्ला इन्चार्ज काजीले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए भने संगठनका ब्युरो इन्चार्ज, जिल्ला अध्यक्षहरु, ब्युरो सदस्यहरु, आमन्त्रित सदस्यहरुले आ-आफ्नो कर्यक्षेत्रको रिपोर्ट राखेका थिए ।
अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन यहि फागुनको ६, ७ र ८ गते काठमाडौंमा हुन गइरहेको सन्दर्भमा कमाण्ड अन्तर्गतका व्युरो र जिल्लाहरुले खेल्नुपर्ने भूमिका र तयारीका सन्दर्भमा बैठक केन्द्रित भएको जनाइएको छ ।
केन्द्रीय कार्यलय सदस्य तथा कमान्ड इन्चार्ज प्रकाशको अध्यक्षतामा बसेको बैठकले कमान्ड अन्तर्गतका जिल्लाहरुको सम्मेलन र भेलाको मिति ठोस गरेको छ ।
बैठकले सङ्गठन, संघर्ष, आर्थिक र उत्पादनलगाएतका विषयहरुमा महत्त्वपूर्ण निर्णयसमेत गरेको छ ।