‘विश्व कम्युनिस्ट आन्दोलनलाई सफल बनाउनुको बिकल्प छैन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय स्कुलङ विभाग इन्चार्ज भरत सीले विश्व कम्युनिस्ट आन्दोलनलाई सफल बनाउनुको बिकल्प नभएको ठोकुवा गरेका छन्। नेपाल कम्यूनिष्ट पार्टी पुर्वी र पश्चिम जनकपुर ब्युरोद्वारा बिहीबारदेखि आयोजना गरेको पाँच दिने संयुक्त स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
नेता भरत सीले विश्वमा मालेमावादको विकासको आवश्यकतासंगै क्रान्तिकारी विचार सिद्धान्त तथा राजनैतिक कार्यदिशा बदलिदो समय अनुसार विकास र रक्षा गर्दै श्रम, संघर्ष र अनुसन्धान आधारित विप्लव स्कुलिङ अफ थटले असफल भएको विश्व कम्युनिस्ट आन्दोलनलाई विजयको दिशातिर अग्रसर बनाउन प्रमुख भुमिका खेल्ने बताए । उनले वर्तमान नेपालको प्रमुख अन्तरविरोध भुमण्डलीकृत साम्राज्यवाद र सर्वहारा श्रमजीवी वर्ग बिचको अन्तरविरोध भएकाले अब लोकतान्त्रिक शक्तिलाई पनि नयाँ विचारमा प्रेरित गरेर एकता गरेर देश र जनतालाई निकास दिनुपर्नेसमेत बताए ।
सोही कार्यक्रममा नेकपाका पोलिटब्यूरो सदस्य तथा केन्द्रिय स्कुलिङ विभाग सदस्य असल सीले नेपालमा दलाल संसदिय व्यवस्था असफल भइसकेकाले विभेद रहित सुन्दर र समृद्ध मानव जातिको समाज व्यवस्था वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्ने पहिलो मापदण्ड भनेको मानसिक समृद्धि भएकाले पार्टीका अगुवा नेता तथा सिंगो कार्यकर्ता पंक्ति वैचारिक रुपमा समृद्ध र सशक्त हुनुपर्ने बताए ।
नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम जनकपुर ब्यूरो इन्चार्ज जुझारु सीको अध्यक्षतामा भएको संयुक्त व्यूरो स्तरिय स्कुलिङ कार्यक्रममा प्रमुख अतिथि स्थायी कमिटी सदस्य भरत सीले रहेका थिए भने अतिथिहरुमा भेषराज सी, असल सी, तिर्थ सी र प्रयास सी रहेका थिए ।
पार्टी केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज शशी सीले सहभागीहरुलाई कार्यक्रममा स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए भने पार्टीका केन्द्रिय सदस्य तथा पुर्वी जनकपुर ब्युरो इन्चार्ज राम कु सीले कार्यक्रम सन्चालन गरेका थिए । स्कुलिङ कार्यक्रममा पुर्वी र पश्चिम जनकपुर ब्युरोका जिल्लाबाट जिल्ला तहका अगुवा नेता कार्यकर्ताहरु लगायत जनवर्गीय संगठनका ब्युरो इन्चार्जहरु समेतको सहभागिता रहेको स्कुलिङ कार्यक्रम माघ ४ देखि ८ गतेसम्म चल्ने विद्यार्थी नेता अखिल (क्रान्तिकारी) पुर्वी जनकपुर ब्युरो इन्चार्ज विक्रान्त सीले जानकारी दिएका छन् ।
पाँच दिनसम्म चल्ने स्कुलिङमा माक्र्सवादका तीन संघठक अंगहरु दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद अन्तरगत दुई विश्व दृष्टिकोण, उत्पादन तथा अर्थ प्रणाली र राज्यसत्ता स्थापना गरी रक्षा र विकास सम्वन्धी एकिकृत जनक्रान्तिको स्कुलिङ पाठ्यक्रममा आधारित पढाई हुने नेकपा पोलिट व्यूरो सदस्य तथा केन्द्रिय स्कुलङ विभाग संयोजक भेषराज सीले जानकारी दिएका छन् ।