‘साम्राज्यवादविरुद्ध राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिकलगायतका सबै क्षेत्रबाट लड्नुपर्छ’

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरही सीले साम्राज्यवाद विरुद्ध राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिकलगायतका सबै क्षेत्रबाट लड्नु पर्ने बताएका छन। जनवादी कलाकार,गायक तथा संगीतकार माइला लामाको ‘समाजवाद’ नामक श्रव्यदृश्य गीतको आइतबार भएको सार्वजनिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता अनिल विरही सीले साम्राज्यवाद नेपालका सबै कम्युनिष्टहरु विरुद्ध आएको बताउदै सबै कम्युनिष्टहरु देशभक्त,वामपन्थी शक्तिहरु एक भएर नलडने हो भने सबैलाई साम्राज्यवादले सक्ने चेतावनी दिए । उनले भने – ‘साम्राज्यवाद राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक लगायतका सबै क्षेत्रबाट नेपाल र नेपालका कम्युनिष्टहरु विरुद्ध लडिरहेको छ । यसका विरुद्ध पनि कम्युनिष्टहरुले सबै मोर्चाबाट लड्नुपर्छ । कम्युनिष्टहरुले पनि साम्राज्यवाद विरुद्ध राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक लगायतका सबै क्षेत्रबाट लड्नुपर्छ, यो एकीकृत जनक्रान्ति हो ।’
नेता अनिल विरही सीले साम्राज्यवादले नेपालका कम्युुनिष्ट भन्ने ओलीदेखि प्रचण्ड,विप्लव,वैद्य कसैलाई पनि नछोडने बताउदै भने- ‘अमेरिका एमसीसीमार्फत नेपालमा आउने भनेको कम्युनिष्ट कसैलाई छोड्दैन। कम्युनिष्टहरुको विउ नै नष्ट गर्ने दाउमा अमेरिका छ । ओली,प्रचण्ड विप्लव कोहीलाई पनि छोड्दैन,अमेरिकाले रवि,सिके र गगन जस्तालाई सक्भर एउटै पार्टी बनाउन खोजिरहेको छ । उसले आफ्ना दलालहरु मार्फत नेपाल कब्जा गर्न चाहन्छ ।’
नेता अनिल विरही सीले माइला लामाको समाजवाद गीतको श्रव्यदृश्य भिडियो गीत भनेको साम्राज्यवाद विरुद्ध सांस्कृतिक क्षेत्रबाट लडेको नयाँ मोर्चा भएको बताए । उनले माईलाले जनयुद्धकाल देखि साहित्य कलाको मोर्चालाई समाल्दै आएको र पछिल्लो समाजवाद गीत विचारधात्मक र राजनीतिक संघर्षको नयाँ मोर्चाको टिप्पणी गरे ।
सामाना सांस्कृतिक परिवारका कमान्डर तथा नेकपाका केन्द्रिय सदस्य आरोह सीले सञ्चालन गरेको गीति सिर्जना समाजवादको सर्वजनिकीकरण कार्यक्रममा नेकपा उपत्यका ब्युरो इञ्चार्ज तथा पोलिट ब्युरो सदस्य कृति सी, लगाएत उपत्यकामा उपलब्ध केन्द्रिय सदस्य, प्रतिनिधि समिति सदस्य, जिल्ला सदस्य तथा अन्य माओवादीप्रति आस्था राख्ने अन्य पार्टीका नेताकार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष माइला सीले गीतसँग अनुबन्धित सम्पूर्ण श्रस्टा, सर्जक, गायक, गायिका टेक्निसियन लगायत उपस्थित सम्पूर्ण दर्शक श्रोताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।