‘समाजवाद निर्माणको अभियानमा युवाहरुको भुमिका अग्रमोर्चामा रहनु पर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज उमा सी ‘शिलु’ले समाजवाद निर्माणको अभियानमा युवाहरुको भुमिका अग्रमोर्चामा रहनुपर्ने बताएकी छन। युवा सङ्गठन नेपाल २ नम्बर कमान्डको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्। उनले पार्टीले नेपाली विशेषताको समाजवाद स्थापना गर्नका लागि बृहत मोर्चाको आवश्यकता पर्ने र संघर्षका सबै रुपहरुको प्रयोग हुन सक्ने बताइन ।
उक्त बैठकमा ब्युरो इन्चार्जहरु राजन, विकिरण, जिल्ला इन्चार्जहरु दिपा र काजीले प्रशिक्षणमुलक मन्तव्य राखेका थिए । कमान्डमा कार्यरत सङ्गठनका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र संयोजकहरुले आ-आफ्नो कार्यक्षेत्रको रिपोर्ट राखेका थिए भने बैठकले जिल्ला सम्मेलन, आर्थिक तयारी लगाएतका विषयहरुमा निर्णय गरेको बताइएको छ ।
स्मरणीय छ , यही चैत्र २४, २५ र २६ गते धनगढीमा हुन गइरहेको राष्ट्रिय सम्मेलनको तयारीको क्रममा रहेको युवा सङ्गठनले देशैभरी आफ्नो साङ्गठनिक कार्यलाई तीब्रता दिदै कमान्डको बैठकहरु गरिरहेको छ ।
”