देश निमार्ण गर्ने प्रमुख दायित्व विद्यार्थीको काँधमा

२०८० माघ १९ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पाटीका स्थायी समिति सदस्य सुशिल सीले देश निमार्ण गर्ने प्रमुख दायित्व विद्यार्थीको काँधमा भएको बताएका छन । अखिल (क्रान्तिकारी) नुवाकोटको १८ औं जिल्ला सम्मेलनवाट निर्वाचित समितिलाई बधाई दिदै उनले सो कुरा बताएका हुन् ।
नेता सुशिल सीले अबको विद्यार्थी आन्दोलन हाक्ने र देश निमार्ण गर्ने प्रमुख दायित्व नवनिर्वाचित विद्यार्थीहरुको काँधमा आएको बताउदै त्यो जिम्मेवारी अग्रमोर्चामा रहेर पूरा गर्न नयाँ कार्यसमितिलाई शुभकामनासहत निर्देशन दिए ।
उक्त नवनिर्वाचित जिल्ला कार्यसमितिलाई संगठनका केन्द्रीय कार्यालय सदस्यसमेत रहेका बागमती कमाण्ड इन्चार्ज मदन सीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
बागमती कमाण्ड इन्चार्ज मदन सीले आफ्नो संगठनले अन्य संगठनको तुलनामा विद्यार्थीका मुद्धा बलियो रुपमा उठाएको दाबी गर्दै केन्द्रीय समितिको गति अनुसार नै जिल्ला समितिलाई पनि अघि बढ्न निर्देशन दिए । उक्त कार्यक्रममा अतिथि अखिल (क्रन्तिकारी) का केन्द्रिय सदस्य तथा पश्चिम ताम्सालिङ व्यूरो इन्चार्ज मेघेन्द्र सीले प्यानल प्रस्ताव राख्नुका साथै बधाई मन्तव्य समेत दिएका थिए ।


सम्मेलनका अतिथि नेकपाका केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज निर्देश सी, नेकपाका केन्द्रीय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज सागर सी, पार्टीको पश्चिम ताम्सालिङ व्यूरोका आर्थिक विभाग प्रमुख सिर्जन सी, नुवाकोट जिल्ला सेक्रेटरी संगम सी, युवा सङ्गठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा पश्चिम तामसालिङ ब्युरो इन्चार्ज जिबन सी, अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य रोजी सी, CTEVT उपत्यका जिल्ला सचिव रुप सी, पोखरा विश्वविद्यालयको उपत्यका सचिव अजित सी, अखिल (क्रान्तिकारी) का धादिङ जिल्ला अध्यक्ष उदेश सी लगायतका अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।
बिहिबार समपन्न उक्त सम्मेलनले विवेक सीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]