अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन भव्य र सानदाररुपमा सम्पन्न गर्न निर्देशन

२०८० फाल्गुन ३ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सीले अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनलाई भव्य र सानदार रुपमा सम्पन्न गर्न सबै आ-आफ्नो ठाउँबाट लाग्न निर्देशन दिएकि छन । अखिल (क्रान्तिकारी) बागमती कमाण्डको तेस्रो बैठकलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएकि हुन्।
नेता शिलु सी ले नेपालमा विद्यार्थीको पक्षमा काम गर्ने एक मात्र संगठन अखिल (क्रान्तिकारी) भएको ठोकुवा गर्दै अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनवाट शैक्षिक दलाल तथा भ्रष्टहरुको होस् उड्ने र विद्यार्थीहरुको पक्षमा महत्वपूर्ण उपलब्धि हुने नीति पारित हुने बताइन् ।
नेता शिलु सी ले जनयुद्धको सपना तुहिएपछि नयाँ ढंगले आन्दोलनको पुनर्गठन गरेको र नेपाली विशेषताको समाजवाद प्राप्त गर्नको निम्ति नेकपाको विकल्प नरहेको बताइन् ।
उक्त बैठकमा संगठनका सम्मेलन आयोजक कमिटी संयोजक प्रकाश सीले राष्ट्रिय सम्मेलनबाट धेरै कुराको जवाफ दिनुपर्ने भएकाले सम्मेलनलाई भव्य गर्न सबै लाग्नुपर्ने भन्दै राष्ट्रिय सम्मेलनबाट नयाँ उचाई हासिल गर्नुपर्ने बताए ।
उक्त बैठकमा संगठनका कार्यालय सदस्य नरेन्द्र सीले राष्ट्रिय सम्मेलनलाई भव्य एवम् ऐतिहासिक बनाउन सबै प्रकारका तयारीहरु अन्तिम चरणमा पुगेको भन्दै सबै तदारुकताका साथ लाग्नुपर्ने बताए । साथै उनले अहिलेसम्म भएको तयारीबारे जानकारी गराएका थिए ।
यस्तै संगठनका कार्यालय सदस्यहरु ललित सी, प्रकाश सी, नतसा सीले सम्मेलनलाई भव्य बनाउन लाग्नुपर्ने बताए ।
बैठकमा ब्यूरो इन्चार्जहरु अनिल सी, डिवि सी, लोकेश सी, सुवास सीले अहिलेसम्म ब्यूरोमा भए गरेका गतिविधि र तयारी बारे रिपोर्ट राखेका थिए भने केन्द्रीय सदस्य जिल्ला इन्चार्ज अध्यक्षहरुले जिल्लाको रिपोर्ट राखेका थिए ।
पछिल्लो समय चलेको अभियानका कमाण्डहरु र बागमती कमान्डमा रहेका ब्यूरो अन्तर्गतका जिल्लाका सम्मेलनबाट निर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो ।
अखिल (क्रान्तिकारी)का फ्र्याक्सन इन्चार्ज तथा पार्टी स्थायी कमिटी सदस्य शिलु सीको प्रमुख आतिथ्यता र कमाण्ड इन्चार्ज मदन सीको अध्यक्षतामा बसेको बैठकमा विशिष्ट अतिथि अखिल (क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक प्रकाश सी, सम्मेलन आयोजक कमिटीका कार्यालय सदस्यहरु नरेन्द्र सी, ललित सी, प्रकाश सी, नतसा सीको आतिथ्यता एवम् बागमती कमाण्ड अन्तर्गतका ब्यूरो इन्चार्ज, केन्द्रीय सदस्य, ब्यूरो सदस्य, जिल्ला अध्यक्ष, संयोजक र जिल्लाका निर्वाचित पदाधिकारीहरुको उपस्थितिमा थियो ।
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन फागुन ६ गते काठमाडौँको प्रदर्शनी मार्गमा रहेको बाल्मीकि क्याम्पसको प्राङ्गणमा र बन्दसत्र फागुन ७ गते देखि ९ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्मृति भवनको हलमा हुने संगठनका त्रिवि ब्यूरो इन्चार्ज अनिल सीले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु