महासचिव विप्लव सीद्वारा हालै रिहा भएका नेता -कार्यकर्तालाई स्वागत

२०८० चैत्र ४ गते, आईतवार


काठमाडौँ । नेपाल कमुनिस्ट पार्टीका महासचिव विप्लव सीले हालै भिमफेदी कारागारवाट ४ वर्षपछि रिहा भएका नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता स्वागत गरेका छन।

महासचिव विप्लव सीले राज्यद्वारा लगाएको झुठ्ठा आरोप खेप्दै इमानदारीका साथ जेल मोर्चावाट हालै रिहा भएका सहयोद्धाहरुलाई आज केन्द्रिय कार्यालय शिवगढी कपिलवस्तुमा स्वागत गरेका हुन् ।

विगत लामो समयदेखि झुठ्ठा मुद्दामा जेल जीवन बिताइरहेका केहीदिन अघि १० जना नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता रिहाई भएका थिए । भिमफेदी लगायत अन्य कारागारमा रहेका दिपक बिष्ट, मनिराम राई, विशाल राई, मुस्कान राई, सन्तोष तामाङ, नरेन्द्र तामाङ, आशा रावत, जुनमाया ओड, आयुषा लिम्बू र अरुण मगर ४ वर्षपछि रिहाई भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]