‘केन्द्रीय सत्ता कब्जा गर्न गण्डक उठ्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य शिलु सीले केन्द्रीय राज्यसत्ता कब्जा गर्ने कुरामा गन्डकले महत्वपुर्ण भुमिका रहेको बताएकी छिन् । मङ्गलबार पोखराको सहिदचोकस्थित सहिदपार्कमा आयोजित पार्टी सुदृढीकरण, जनसम्बन्ध बिस्तार तथा राजनितिक वैचारीक प्रशिक्षक कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा प्रसिक्षाणत्मक मन्तब्य राख्दै यस्तो बताएकी हुन् ।
कार्यक्रमको अध्यक्षसमेत रहेकी नेता शिलु सी ले केन्द्रीय राज्यसत्ता गण्डक उठाउनु पर्ने बताउदै भनिन्- ” जनयुद्धको आधार ईलाका रुकुम रोल्पाले नेपालबाट राजतन्त्र फालेर गणतन्त्र ल्याउन जति महत्वपूर्ण भुमिका खेल्यो त्यति महत्वपुर्ण भुमिका गन्डकको पनि थियो। अहिले एकीकृत जनक्रान्तिको कार्यभार पूरा गरेर दलाल सत्ताको अन्त्य गर्दै समाजवादी ब्यवस्था ल्याउन केन्द्रीय सत्ता कब्जा गर्न एकपटक फेरि गण्डकी उठाउनुपर्ने छ र उठ्छ। ‘
नेता शिलु सी ले नेपालका सबै जनताहरुले अबको विकल्प नेकपा मात्र हो भनेर भरोसा गरेको बताउदै भनिन्- “यो देशका राजनितिक दल र सम्पुर्ण उत्पीडित जनताहरुले हाम्रो पार्टीप्रति ठूलो आसा र भरोसा गरेका छन् त्यसलाई टुट्न नदिन देशको नेतृत्व नेकपाले लिनुपर्छ नत्र जनताको भरोसा टुट्छ ।”
नेता शिलु सी ले आजको समस्याको हल विप्लवले मात्र गर्छ भन्ने माहोल बनेको यो माहोल सिर्जना हुनुमा हाम्रा नेता कार्यकर्ताहरुको अथाह मेहनत पार्टीले शस्लेसण गरेको नयाँ बिचार दर्शन, पार्टीले लिएको आत्मामिर्भर अर्थनिती, चन्दामुक्त पार्टी, सी जातिको अवधारणा, आदि कारणले राजनितिको केन्द्रमा नेकपा रहेको बताइन । उनले देशैभर नेकपाको माहोल बन्नुमा नेकपाको निस्वार्थता गतिसिलता र जन उत्तरदायित्वको कारण रहेको समेत बताइन् ।
नेता शिलु सी ले अरु सबैमा केही नयाँ गर्नु पर्छ भन्ने छ तर आफू अग्रसर नभै नेकपाले गर्दियोस भन्ने छ भन्दै उनले अगाडि थपिन्-“अब पार्टीले अघि सारेको नेपाली विशेसताको समाजवादको बारेमा जनस्तरसम्म जान जरुरी छ। समाजवादी मोर्चालाई थप सुदृढ गर्न जरुरी छ। समाजवादकालागि फराकिलो मोर्चा बनाउन जरुरी छ।”
नेता शिलु सी ले दलाल सत्तामा इतिहासमा कहिल्यै नभएको संकट आएको ठोकुवा गर्दै जनताले नयाँ विकल्प खोजेको छ पुरानो पार्टीमा जनताको भरोसा हराएको बताउदै भनिन्- “सरकार कसरी बनाउने सत्ता कसले कब्जा गर्ने कस्को बिरुद्ध लागेर कसको साथ लिएर उसलाइ गिराउन सकिन्छ भन्ने खेलमा सत्तासिन पुराना पार्टी छन तर जनताको पक्षमा नेकपा सधै प्रतिवद्ध छ। अहिले देश भुराजनितिक चपेटामा छवैदेशिक हस्तक्षेप छ साम्राज्यवादले पुराना सक्तिबाट नेपालमा आफ्नो प्रभुत्व जमाउन असम्भव देखेपछि रबि जस्ता नया जोगीहरु खडा गरेको छ ।जसले ब्यवस्था ठिक छ अवस्था परिवर्तन गर्नुपर्छ भन्ने भ्रम फैलाएर जनताको सेन्टिमेन्टमाथी खेलिरहेका छन, यो धेरै टिक्दैन।”
नेता शिलु सी ले अन्तरास्ट्रिय परिस्थिती र साम्राज्यवादको नाङ्गो हस्तक्षेप तर्फ इङ्गित गर्दै अहिले विश्व २ धुर्वमा बिभाजित भएको अबस्थामा अमेरिका अर्थात साम्राज्यवादको प्रभुत्व टिक्छ भन्ने ग्यारेन्टी नभएको ठोकुवा गरिन । उनले भनिन्, ” नेपालमा नेपाली विशेसताको समाजवादी क्रान्ती सफल हुने अनकुल समय भएको छ त्यसको नेतृत्व नेकपाले गर्छ।”
नेता शिलु सी ले अहिलेको प्रधान अन्तर्बिरोध नेपालका राजनीतिक दलहरुसङ्ग नभएर दलाल पुंजीवादसंगभएको बताउदै समाजवादका निम्ति अहिले अनकुल समय भएको तर त्यो नेकपा एक्लै अघि बढेर सम्भव नभएको त्यसका निम्ति पार्टीले ४ मित्रवर्ग, ४ मित्र शक्ति र ६ मित्रसमुदायको अवधारणा अघि सारेको र त्यसको ज्वलन्त उदाहरण समाजवादी मोर्चा भएकोमा जोड दिइन् ।
नेता शिलु सी ले पछिल्लो राष्ट्रिय राजनिती र पा्टीले अघि सारेको अवधारणाप्रति प्रष्ट पार्दै नेकपाले लिएको निर्वाचन प्रयोगको नितिप्रति शंका नहुन अनुरोध गर्दै भनिन- ” नेपालका कम्युनिस्टहरुको चुनाव प्रयोग चुनावदेखि चुनावसम्म मात्र भयो चुनावमा गए संसदवादी हुने नगएर वहिस्कार गरे क्रान्तिकारी हुने यो बुझाइबाट माथी उठ्नु पर्छ २० औं सताब्दीको दृस्ठिकोणलाई अहिले २१ सताब्दिमा आएर त्यही बुझाइको रटान लगाउनु बस्तुवादी नभएकाले निर्वाचनलाई एकीकृत जनक्रान्तिको ५ प्रयोग मध्यको अर्को प्रयोगको रुपमा बुझेर समाजवादी अभियानको रुपमा प्रयोग गर्नुपर्छ यही नै वैज्ञानिक र वस्तुवादी हुन्छ।”
नेता शिलु सी ले क्रान्तिको निम्ति हिजोको संकिणताले हुँदैन, विशाल मोर्चासहित सम्पुर्ण माओवादी घटक कम्युनिस्ट पार्टी समाजवदी देशभक्त लोकतन्त्रवादीहरु एक भएर नेपाली विशेसताको समाजवादमा जान तयार भए यसले विभिन्न खाले साम्राज्यवादी षड्यन्त्रलाइ परास्त पार्छ,यो देशलाइ अग्रगमन तर्फ लान सकिनेमा उनको जोड थियो।
नेकपाका केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज उभार सी को स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्यहरु आजाद सी, आस्था सी, विप्लव सी, लगाएत प्रदेश अन्तर्गतका ११ ओटै जिल्लाका जिल्ला इन्चार्ज हरुको आतिथ्यता रहेको थियो।
कार्यक्रम सकिए लगतै बैठक बसेर जनसम्बन्ध सुदृढ अभियानलाई प्रदेशब्यापी बनाउने नेकपा गण्डकले जनाएको छ। – शाहस भट्ट