कुमार पौडेलको हत्याराहरुलाई कारवाही गर

२०८१ जेष्ठ १ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेसका इञ्चार्ज अनिल सीले सरकारसँग कुमार पौडेलको हत्याराहरुलाई कारवाही गर्न माग गरेका छन् । मंगलवार नेकपा सर्लाही जिल्ला समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले पौडेलको हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै अन्यथा पार्टी सङ्‌घर्षमा उत्रने बताए ।
पौडेलको आमा दुर्गादेवी पौडेलले तत्कालीन गृहमन्त्री रामवहादुर थापा, प्रहरी प्रमुख सर्वेन्द्र खनाल, मेयर भरत कुमार थापा, केडी साहलगायत विरुद्ध किटानी जाहेरी दिएकि थिइन् । राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायत मानव अधिकारवादी संस्थाहरूले कुमार पौडेलको हत्या गैरकानूनी र नियतवस भएको र भीडन्त नभएको बताएका थिए। भीडन्त भएको भन्ने प्रहरीको दावीलाई घा–जाँच (पोस्टमार्टम) प्रतिवेदनले समेत झोठो सावित गरेको थियो । प्रधानमन्त्री प्रचण्डले एकीकृत जनक्रान्तिका सहीदहरू आफ्नो पनि सहिद भएको सार्वजनिक रुपले स्विकार गरेको कारण अपराधीहरुलाई न्यायिक कठघरामा ल्याएर पीडित परिवारलाई न्याय दिनुपर्ने इन्चार्ज अनिल सीले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]