समाजवादी क्रान्तिका लागि अनुकुल परिस्थिति निर्माण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी `रणबीर´ले नेपालमा समाजवादी क्रान्तिका लागि अनुकुल परिस्थिति निर्माण हुँदै गएको ठोकुवा गरेका छन् । सो पार्टीको बाजुरा जिल्लाले आयोजना गरेको १ दिने कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । नेता रणवीरले अहिलेको राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिका विकसित घटनाक्रमले नेपालमा समाजवादी क्रान्तिका लागि अनुकुल परिस्थिति निर्माण हुँदै गएको ठोकुवा गर्दै राज्यको बिभेदकारी बिकास नीति र समग्र मानव बिकास सूचकांकको हिसाबले पछि पारिएको बाजुरा जिल्लाले समाजवादी क्रान्तिको दिशामा महत्त्वपूर्ण भुमिका खेल्ने संभावना समेत रहेको बताए।
उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवम् बाजुरा जिल्ला इन्चार्ज एण्डिज सीले नेपालको राजनीतिमा पुराना दलहरूप्रति जनताको बितृष्णा बढीरहेको र नयाँ भनिएका दलहरू समेतले धोका दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले जनताको असली प्रतिनिधित्व गर्दै देशको संकटको निकास दिन ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने बेला आएको बताए।
नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय समितिको पाचौं बैठकले गरेका निर्णय, पार्टीको कार्यनीति, कम्युनिस्ट, माओवादी र वामपन्थी एकता र सहकार्य सम्बन्धि नेकपाको निर्णयबारे कार्यकर्तालाई सम्प्रेषण गर्ने उदेश्यले आयोजित प्रशिक्षणमा नेकपाका जिल्ला समिति सदस्यहरु,एरिया समिति सदस्यहरु, जनवर्गीय संगठनका जिल्ला स्तरिय पदाधिकारीहरुको सहभागिता रहेको थियो भने सहभागीहरुले पार्टी नीतिबारे प्रश्नोतर गर्दै जिज्ञासा समेत राखेका थिए।
प्रशिक्षण कार्यक्रममा युवा संगठन नेपालका सुदुरपश्चिम संयोजक सुशील,नेकपा बाजुरा सेक्रेटरी अभय र केन्द्रिय प्रतिनिधि समिति सदस्य बिजयको समेत सहभागिता रहेको थियो।