उत्पादन समाजवादी क्रान्तिको बलियो आधार

२०८१ श्रावण ८ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले उत्पादन समाजवादी क्रान्तिको बलियो आधार भएको ठोकुवा गरेका छन्। सो पार्टीद्वारा मंगलबार बाँकेको खजुरस्थित मनकामनामा धान रोप्ने कार्यको उद्घाटन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले नेकपाले देशैभरी तीन सय विगाह जमिनमा धान रोपेर समाजवादी क्रान्तिलाई अगाडि बढाएको ठोकुवा गर्दै भने – “धान रोप्ने काम मात्र होइन, यो साजवादी क्रान्तिको विउ रोपेका छौँ । हाम्रो पार्टीले गतबर्ष देशैभरी करिब १ सय विगाह क्षेत्रफलको जमिनमा धान रोेपेको थियो । तर यो बर्ष हामीले ह्वात्तै बढाएर ३ सय विगाह पुर्याएका छौँ । अझै देशैभरीको रिपोर्ट आउदैछ । यो हाम्रो समाजवादी क्रान्तिको बलियो आधार हो ।”
प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिष्ट पार्टीको उत्पादनको नीतिले देशैभरी जनतामा सकरात्मक प्रभाव पारेको बताउदै यो उत्पादनको कामबाट सत्तामा भएका दलालहरु आत्तिएको ठोकुवा गर्दै । राज्यसत्तामा भएकाहरुले उत्पादनमा साथ दिनुको सट्टा उल्टै असहयोग गरेको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीले देशैभरी झण्डै तीन सय विगाह जमिनमा धान रोपेको जानकारी दिदै नेकपाले धान रोप्ने काममात्र नगरेर समाजवादी क्रान्तिको कार्यभार पनि पूरा गरिरहेको बताए । उनले भने – “प्रतिक्रयावादी दलाल पुँजीवादी सत्ताले यो देशमा केही हुँदैन भनेर निरास बनाएको छ । युवाहरु विदेश पलायन बनाएको छ । यो बेला हाम्रो पाटीले देशमा आशाको किरण दिएको छ । दशैभरी आत्मनिर्भरका लागि उत्पादनको काम गरेको छ । यो क्रान्तिलाई आत्मनिर्भर बनाउने र राष्ट्रिय पुँजीको संरक्षण गर्ने,उत्पादनको साधन श्रोतलाई जनताको बनाउने, नेता, पार्टी, कार्यकर्ता र जनतालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ उत्पादनमा जोड दिएको हो ।”
प्रवक्ता प्रकाण्ड सीले नेपालमा नेपाली जनताको भविष्य उज्ज्वल भएको बताउदै भने- “ विदेशमा युवाहरु पठाएर होइन, स्वदेशमै रोकेर र विदेशबाट फिर्ता बोलाएर नेपालमै उत्पादनको काममा लागेमा सम्भव छ, योकाम राज्यले गर्नुपर्छ । आज राज्य राज्यजस्तो छैन, गैरजिम्मेवार छ ।”


प्रवक्ता प्रकाण्ड सीले नेकपाको उत्पादनको कार्यले गुरुत्वआकर्षण पैदा गरेको उल्लेख गर्दै राजनीतिक पार्टी, उद्योगी, व्यवसायी, राज्यसत्ता संचालकहरुमा ठुलो बहसको विषय भएको बताए । उनले दलाल पुँजीवादी सत्ताको छिटो अन्त्य नेपाली जनताले चाहेको बताउदै त्यसको परिपूर्तिका लागि पनि नेपाल कम्युनिष्ट पार्टी एकीकृत उत्पादन स्वामित्वको नीति अनुसार उत्पादन क्रान्ति मार्फत समाजवादी क्रान्ति अगाडि बढाईरहेको बताए ।
प्रवक्ता प्रकाण्ड सीले नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था वा नेपाली विशेषताको समाजवाद विना नेपालको राजनीतिक अस्थिरता र संकट समाधान नहुने ठोकुवा गरे ।

यसैगरी, सोहि धान रोपाईमा प्रतिक्रिया दिदै नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशिल सीले कम्युनिष्टहरुले श्रम गरेर बाँच्नु पर्ने बताए । उनले भने – ‘हामी कम्युनिष्टहरु श्रम गरेर बाँच्नु पर्छ, यो हाम्रो पार्टीबाट सुरु गरेका छौँ । नेपालका कम्युनिष्टहरु श्रममा नजोडिएकाले नै विग्रिएका हुन । आज ठुला –ठुला भ्रष्टाचारका काण्डमा कम्युनिष्ट नेताहरु जोडिएका छन् ।’
नेता सुशिल सी ले एकीकृत स्वामित्व अन्तरगत पार्टीले देशैभरी धान रोपिरहेको जिकिर गरे । उनले विगतमा कम्युनिष्टहरुले अभ्यास गरेको सामुहिक स्वामित्व र निजी स्वामित्व दुबै असफल भएको भन्दै नयाँ एकीकृत स्वामित्वमा नेकपाले उत्पादन गरिरहेको बताए । उनले भने- ‘एकीकृत स्वामित्व भनेको सामुहिक र निजी दुबै जोडिएको स्वामित्व हो, यसले समाजवादी व्यवस्थालाई स्थापना गर्न र टिकाउन भूमिका खेल्छ।
समाजवादी व्यवस्थाका लागि पार्टी उत्पादनमा जोडिएको छ, राजनीतिक र आर्थिक क्रान्तिसंग संगै लिनु पर्छ । यो एक अर्कामा परिपुरक छ ।’
नेता सुशिल सी ले नेपालमा राजनीतिक क्रान्ति नसकिएको र मुलतः यसलाई जोड दिदै समाजवादी मोडल स्थापनाको लागि आर्थिक क्रान्ति गर्नु पर्नेमा जोड दिए । उनले नेकपा समाजवादी व्यवस्थाको आर्थिक मोडल तयारका लागि पनि उत्पादनमा लागेको बताए ।


बाँकेको खजुराको मनकामना चोकमा नेकपाको केन्द्रीय उत्पादन विभाग, कर्णाली प्रदेश उत्पादन विभाग र बाँके जिल्ला उत्पादन विभागले करिब ६ विगाह जमिनमा बिहिबारबाट धान रोप्ने काम सुरु गरेको हो । नेकपाले करिब एक हप्ता भित्र धान रोपेर सक्ने बताएको छ ।
धान रोपाईमा प्रवक्ता प्रकाण्ड सी, नेकपाका कर्णाली प्रदेश इन्चार्ज सुशिल सी, नेकपाका पोलिट व्यूरो सदस्य आधार सी,रक्तिम सी, केन्द्रीय सदस्यहरु विवेक सी, विराट सी, हिमशिखर सी, पौरख सी,शेखर सी,नारायण सी, दिनेश सी, जिल्ला तहका नेता कार्यकर्ता तथा जनताको उल्लेखिय सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]