‘श्रम र कच्चा पदार्थ बेचेर देश सम्बृद्ध हुन सक्दैन’

२०८१ श्रावण १० गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सीले श्रम र कच्चा पदार्थ बेच्ने देश सम्बृद्ध हुन नसक्ने बताएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न कालिकोट–काठमाडौं समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता अनिल सीले नेपालका शासकहरुले अधिक मात्रामा विदेशीहरुलाई मानविय श्रम र कच्चा पदार्थ बेचेर देश सम्बृद्ध बन्छ भन्ने भ्रम छरेका कारण देशपछि परेको बताउदै भने- ‘नेपाल कच्चा पदार्थ, प्राकृतिक श्रोत र साधनले धनी छ । तर देशका शासकहरुले त्यसलाई यही सदुपयोग गरेर नेपाली जनताको श्रमको अधिकतम प्रयोग गरेर देशको अर्थतन्त्र बलियो बनाउनुको सट्टा आफ्नो भएको उत्पादन विदेशीहरुलाई सस्तोमा दिएर त्यही बस्तु महङ्गो तिरेर खरिद गर्छन । युवालाई विदेशमा बेच्छन् । नेपालमा समृद्धिको सपना देख्छन् ।’
नेता अनिल सीले जलश्रोत र विद्दुतको सामान्य उदाहरण दिदै नेपालले ४ रुपियाँ बीस पैसामा भारतलाई बेचेर त्यही बिद्दुत ११ रुपैयाँ तिरेर खरिद गर्ने गरेको बताए । उनले नेपालमा उत्पादित बिजुजी नेपालमै सदुपयोग गर्ने र त्यही बिजुलीलाई नेपालमै सुलभ मुल्यमा जनतालाई दिने हो भने नेपाललाई खाना पकाउने ग्यासको जरुरत नहुने ठोकुवा गर्दै भने- ‘आफ्नो उत्पादनबाट जनतालाई वन्चित गरेर विदेशिहरुलाई सस्तोमा बेच्छ त्यसैले श्रम र कच्चा पदार्थ बेच्ने देश कैहिल्यै सम्बृद्ध हुन सक्दैन ।’
नेता अनिल सीले अर्काको बस्तुमात्र खाने नेपाल लाहुरेको देश बनेको टिप्पणी गर्दै भने – ‘विश्व समुदायमा कर्णाली अञ्चल भनेको गरिब बिकट हो भन्ने भास्य निर्माण गरिएको छ। सबैभन्दा धेरै श्रमको लगानी कर्णालीले गरेको छ, तर गरिबिको सुचिमा राखिएको छ । प्राकृतिक श्रोत र साधन अनि श्रममा धनी कर्णाली कसरी गरिब हुनसक्छ ?’


नेता अनिल सीले देश सम्वृद्ध हुन बजार बिबिधिकरण चाहिने बताउँदै देश बनाउन बजारमा बिविधिकरण गर्न सक्ने आँट भएका नेता जन्मिनुपर्ने बताए। उनले बिबिधिकरणबाट सम्बृद्ध भएका मुलुकहरुको उदाहरण दिदै भने- ‘बजार बिविधिकरणका कारण विश्व सभ्यता पश्चिम् एसियातिर सर्दैछ, एसियातिर बढेको सभ्यता रोक्नको लागि अमेरिका लागेको छ । त्यसको तारगेटमा शक्ति राष्ट्र चाइना छ । त्यसलाई रोक्ने उपयुक्त भुगोल नेपाल हो र त्यो एमसीसीको रुपमा ब्यक्त भएको छ।’
नेता अनिल सीले अहिलेको युक्रेन र रसियाको युद्ध अर्थात युरोपमा चलिरहेको युद्ध लाल सागरको बाटोको कारण भएको बताउदै भने- ‘लाल सागरको बाटो बन्द भयोभने युरोपेलीहरुले ठुलो आर्थिक भार बोक्नुपर्ने हुन्छ। युक्रेन लडाइँ पनि त्यसैको उदाहरण हो।’
उनले यी सबै कुराको परिदृश्य हेर्दा नेपाल अन्तराट्रिय राजनीतिको ठुलै चपेटामा फसेको बताउदै भने- ‘भन्नमा जे भनिएता पनी यो सबै पुँजीवादी संकट हो। पुँजीवादी संकटलाई समाजवादमा बदल्ने अवसर हाम्रो सामु छ।’


नेकपाकी केन्द्रीय सदस्य भृकुटी सीको अध्यक्षतमा सम्पन्न भेलालाई प्रमुख अतिथि अनील सीसहित स्थायी समिति सदस्य भरत सी, सुशील सी, लगायतका नेताहरुले सम्बोधन गरेका थिए। भेलाको संचालन केन्दीय सदस्य सागर सीले गरेका थिए भने काठमाडौं कालिकोट समाजवादी सम्पर्क मञ्चको कार्यसमितिको प्यानल प्रस्ताव नेकपाका पोलिट ब्युरो सदस्य नवीन सीले गरेका थिए । भेलाले रुपसिह बोहोरा (हेमन्त सी)को नेतृत्वमा ५१ सदस्यीय समाजवादी मञ्च गठन गरेको छ।
अन्य निर्वाचित सदस्यहरुमा बिनित सी, गोबिन्द बिक, पासाङ बिक, प्रेम बिक, सेरवबहादुर सी, अक्कल सी, दान बहादुर सी, ललित सी, तिलम सी, गणेश सी, चतुरे सी, निराजन सी, राजन सी, नेकेन्द्र सी, मङ्गला सी, मनिस सी, उर्मिला सी, जीवन सी, कल्पना सी, जनक सी लगायत ५१ जना रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]