वर्तमान राजनीतिक संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरेका छन् । नेकपा कालिकोटद्वारा शुक्रबार मान्ममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले नेपालको वर्तमान राजनीतिक संकटको अ्रग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गर्दै भने – ‘समाजवादमा जान कुनै पनि कम्युनिष्ट शक्तिहरुको विमति छैन ,कांग्रेसले समेत प्रजातान्त्रिक समाजवाद भनेका छ । जसले गर्दा नेपालमा नेताहरुको बुद्धि पुग्यो भने शान्तिपूर्णरुपमा समाजवाद आउने सम्भावना छ । समाजवाद ल्याउन समाजवादी मोर्चा समेत बनेको छ । यसमा सबै शक्तिहरुको सहभागीता हुने आसा छ । बरु अबको नयाँ व्यवस्थाको नेतृत्व चाही नयाँले नै गर्नुपर्छ । एकपटक नेकपाको गर्ने चाहना छ ।’
प्रवक्ता प्रकाण्ड सीले साजवादका लागि पहिले माओवादी शक्तिहरु एक हुनुपर्ने र त्यसपछि कम्युनिष्ट शक्ति, देशभक्त, प्रगतिशील र लोकतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बताए । उनले दलाल संसदीय व्यवस्थाभित्रको प्रणालीलाई बदलेर नेपाली विशेषताको समाजवादमा पुग्ने र त्यसको नेतृत्व नयाँ इमान्दार कम्युनिष्ट नेताले गर्नु पर्ने बताए ।
प्रवक्ता प्रकाण्ड सीले समाजवादका लागि इमान्दार कम्युनिष्टहरु एक हुनुपर्ने बताउदै भने- ‘ समाजवादका लागि दलाल पुँजीवाद र साम्राज्यवाद विरोधी शक्तिहरु एक हुनुको विकल्प छैन, प्रजातान्त्रिक आन्दोलनको शक्तिभित्रका प्रगतिशील लोकतन्त्रवादीसंग सहकार्य गर्नुपर्छ । जनताको अधिकार र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न समाजवादी व्यवस्था चाहिन्छ । देशको समस्याको समाधानको सिद्धान्त समाजवाद मात्र हो ।’
प्रवक्ता प्रकाण्ड सीले नेपालमा नयाँ पोल्टिकल फोर्स आवश्यक भएको र नयाँ पोल्टिकल कोर्सभित्र दलाल पुँजीवाद र साम्राज्यवादी विरोधी तथा समाजवाद ल्याउने शक्तिहरु हुनुपर्ने बताउदै भने- ‘यसमा माओवादी, कम्यनिष्ट क्रान्तिकारीहरु, देशभक्त, लोकतन्त्रवादीहरु शक्तिहरु हुनेछन्, यो नयाँ पोल्टिकल कोर्सले व्यवस्था र राष्ट्रिय स्वाधीनतामाथिको समस्या समाधान गर्ने छ । नयाँ पोल्टिकल कोर्सका लागि माओवादी केन्द्र,एकीकृत समाजवादी, वैद्य नेतृत्वको माओवादी,मोहनविक्रम नेतृत्वको मसाल, कांग्रेसभित्रको लोकतन्त्रवादी शक्ति लगायतकासंग छलफल भईरहेको छ ।’
प्रवक्ता प्रकाण्ड सीले एकपटक सरकारी अवसर लिएको व्यक्ति पटक –पटक अवसरका लागि जान नहुने भन्दै अवको समाजवादी व्यवस्थाभित्र त्यो नीति लागू गर्नुपर्ने बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले नेकपाले नयाँ विचार, कार्यक्रम र योजनासाथ ०८४ को चुनाव लड्ने बताए । उनले नेपाली जनतामा रहेको राजनीतिप्रतिको निराशा र केही हुँदैन भन्ने मानसिकता बदल्न आफ्नो पार्टीले नयाँ योजनासहित आगामी चुनाव उपयोग गर्ने बताए ।
प्रवक्ता प्रकाण्ड सीले ०७९ को चुनावमा केही स्थानीय तहमा स्वतन्त्रको हैसियतमा उम्मेदवारी दिए पनि पार्टीभित्रकै विवादका कारण सफलता हासिल गर्न नसकेको स्वीकार्दै आगामी चुनाव देशभक्त, राष्ट्रवादी, युवाको प्रतिनिधित्व गर्दै आफ्नो दलले देशव्यापी चुनाव लड्ने बताए ।
प्रवक्ता प्रकाण्ड सीले नेपालमा कम्युनिस्ट जनमत ६६ प्रतिशत हाराहारी भए पनि सबैलाई समेट्न नसक्ने र आत्मकेन्द्रित हुने नेताहरूका कारण जनताले परिवर्तनको महसुस गर्न नसकेको बताउदै भने– ‘फुट र विभाजन कम्युनिस्टहरूको रोग नै छ,अब पनि मिल्न नसक्ने हो भने कसैको खैरियत छैन ।’
प्रवक्ता प्रकाण्ड सीले कांग्रेस र एमालेले सत्ता साझेदारीका लागि गरेको ७ बुँदे समझदारी स्वाभाविक भएको बताउदै भने- – ‘संविधानमा नमिलेका कुरा मिलाउने भए ठिक छ, जनताका अधिकार कटौती गर्ने प्रयास भए नेकपाले खबरदारी गर्नेछ ।’

नेकपा कालिकोट जिल्ला सचिव तथा केन्द्रीय सदस्य बलवान् सीको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनको संचालन नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सीले गरेका थिए ।
पत्रकार सम्मेलनमा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सी, नेकपाका केन्द्रीय सदस्य अर्जुन सी, जिल्लास्थिति विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।