नेकपा स्थायी समितिको बैठक भोलीसम्मका लागि स्थगित

२०८१ श्रावण १८ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा जारी छ । आज अपरान्हदेखि सुरु भएको बैठक भोली विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।
आजको बैठकमा महासचिव विप्लव सीले श्रदाञ्जली, रिपोटिङ, वैचारिक राजनीतिक कार्य, संगठनात्मक कार्य, संघर्ष, आर्थिक, सांस्कृतिक काम, निर्माण तथा नमुना कार्य, प्रकाशन तथा प्रचार प्रसार, विविधसहित १० वटा एजेण्डाहरु प्रस्तुत गर्दै समसामयीक राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गरेका थिए ।
बैठकमा स्थायी समिति सदस्यहरुले एजेण्डामाथि आफ्नो धारणा राख्दै कार्यक्षेत्रको रिपोटिङ गर्ने क्रम जारी रहेको स्थायी समिति सदस्य, जनप्रचार तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीले बताए । बैठकमा महासचिव विप्लव सीसहित प्रवक्ता प्रकाण्ड सी , स्थायी समिति सदस्यहरु विषम सी, अनिल सी, उमा सी, भरत सी, शुशिल सी र पोलिटब्युरो सदस्य दिपेश सीको उपस्थिति रहेको छ ।

१ नम्बर प्रदेश इन्चार्ज दिपेश सीलाई बैठकमा आमन्त्रीतका रुपमा बोलाइएको छ । दिपेश सीसहित मद्येश प्रदेशका इन्चार्ज अनिल सी, लुम्बिनी प्रदेश इन्चार्ज विषम सी र गण्डकी प्रदेश इन्चार्ज उमा सीले कार्यक्षेत्रको रिपोर्टसहित एजेण्डमाथि आफ्नो धारण राखेका छन् । बैठक भोली विहान ८ बजे पुःन बस्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]