नेकपाले अमेरिकी सैन्य हस्तक्षेपविरूद्ध संघर्ष चर्काउने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सैन्य हस्तक्षेपविरूद्ध संघर्ष चर्काउने भएको छ । सो पार्टीको शनिबार सम्पन्न स्थायी समिति बैठकले उक्त निर्णय गरेको बताइएको छ ।
नेकपा स्थायी समिति सदस्य अनिल सीका अनुसार उक्त बैठकले देशभर अन्तरक्रिया गर्ने, स्कुलिङ चलाउने, सुकुम्वासी समस्या समाधानका लागि, मिटरब्याज, लघुवित्तहरूकाे ज्यादतीविरूद्ध संघर्ष गर्ने, सामना परिवारकाे अभियान चलाउने, ध्रुवीकरणलाई तिब्र पार्ने लगायतका निर्णय गरेकाे छ ।
यसैगरी, बैठकले देशभर नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया गर्ने, भदाै ५ भित्र मुखपत्र प्रकाशन गर्ने, पूर्व माओवादी र कम्युनिस्ट पार्टीहरूसँग एकता र सहकार्यमा जाेड दिने, नेपालमा अमेरिकी सैन्य हस्तक्षेपविरूद्ध संघर्ष गर्ने, उत्पादनलाई व्यवस्थित गर्ने, एमसीसीकाेे विराेध गर्ने र बिआरआईलाई समर्थन गर्ने र असाेज २६ देखि ५ दिनसम्म सी उत्सव मनाउने निर्णय गरेकाे बताइएको छ ।