‘यो सरकार बनेपछि अमेरिकी प्रभुत्व झनै बढेको छ’

२०८१ श्रावण ३० गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल सीले यो सरकार बनेपछि नेपालमा अमेरिकी प्रभुत्व झनै बढेको बताएका छन् । मंगलबार नेकपा मधेस प्रदेश समितिको तेस्रो पूर्ण बैठकलाई सम्बाेधन गर्दै उनलेे सो कुरा बताएका हुन् ।
नेता अनिल सीले यो सरकार अमेरिकी डिजाइनमा बनेको भन्दै पछिल्लो समय विभिन्न पार्टीका नेताहरु पनि अमेरिकातिर ढल्किएको आराेप लगाए । उनले अमेरिका दक्षिण एसियामा सक्रिय रुपमा आएको बताउँदै नेपाललाई उनीहरुले महत्त्वपूर्ण रणनीतिक हिसाबले हेरेकाले हामीहरुले त्यसलाई प्रतिरोध गर्ने योजना बनाएर जनतामा जानुपर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]